रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण

सुर्खेत  ,कर्णाली प्रदेश सरकारले रुकुमका पहिरो पिडितहरुलाई राहत वितरण राहत वितरण गरेको छ । रुकुम आठविसकोट नगरपालीकाका पहिरोवाट पिडित ३१ घरपरिवारलाई कर्णाली प्रदेश सरकारका तर्फवाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले रुकुमकोराडीवजारमा राहत वितरण गरेकी हुन ।
गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोट नगरपालीकाका वडा नंम्बर ४,९ र ११ का पहिरोवाट विस्थापीत ३१ घरपरिवारलाई प्रति परिवार २० हजारका दरले राहत प्रदान गरिएको छ । नगरपालीका विभिन्न वडाहरुमा ३१ घरपरिवार पहिरोवाट विस्थापित भएका थिए । पहिरोका कारण पुर्णरुपमा क्षति भएर घरवास विहिन वनेका ३१ घरपरिवारलाई प्रदेश सरकारका तर्फवाट राहत वितरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन । पहिरो पिडितहरुलाई यसअघि आठविसकोट नगरपालिकाले प्रति घरपरिवार रु पाँच हजार, जिल्ला प्रशासन कार्यालयरुकुमले ९ हजार र रेडक्रसले दाल चामल तथा वन्दोवस्तिका सामानहरु वितरण गरेको थियो । गत साउन २८ गते देखि भाद्र ४ गते सम्म गएको पहिरोवाट आठविसकोटमा मात्रै २५ करोडवरावरको क्षती भएको नगरप्रमुख गोरख वहादुर केसीले जानकारीदिए ।
एकिकृत नमुना वस्ती वनाइने
कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले पहिरोपिडतका लागी एकिकृत नमुना वस्तीको विकास गरिने वताएकी छन ।
आठविसकोटका पहिरोपिडित परिवारलाई पुनस्थापनाका लागी प्रदेश सरकारका तर्फवाट पहल गरिने वताएकी हुन । पहिरोका कारण जोखिममा परेको वस्ती लाई एकिकृत नमुना वस्ती विकासको लागी कुनै कसुरवाँकी नराख्ने मन्त्री केसी वताइन । यसको नेतृत्व नगरपालीकाले लिनेछ र प्रदेश सरकार यसको सहयोगी भुमिका खेल्नेछ उनले भनिन । पहिरोवाट प्रभावित परिवार प्रति दुख ब्यक्त गर्दै मन्त्री केसीले भनिन ज्यान भए जिउलो हुन्छ, तपाईहरुले पहिरोवाट धेरैक्षती हुदा ज्यान जोगाउनु भएको छ, चिन्ता नलिनुस तपाईको साथमा सरकार छ । मन्त्री केसीले विकासको नयाँ मोडलका लागि एकिकृत वस्ति विकास गर्नुपर्नेमा जोड दिएकी छन । विकट ठाँउका छरपष्ट घरहरुमा विकासका पुर्वाधार पु¥याउन मुस्किल हुने भन्दै वस्तिलाई एकिकृत गर्नुपर्ने मन्त्री केसीले वताइन ।
प्राकृतिक प्रकोप दुःखद भएपनि यसवाट केहि फाईदा समेत लिनसकिने वताउँदै मन्त्री केसीले पहिरोवाट विस्तापित घरपरिवारलाई एकै ठाउँमा वसाल्नुपर्नेमा जोड दिइन ।
यस्तै नेकपाका केन्द्रिय सदस्य वसन्त शर्मा कुशलले प्राकृतिक प्रकोप वाट शिक्षा लिएर अँघि वढ्न सुझाए ।
रुकुम पश्चिमवाट प्रत्यक्ष निर्वाचित सांसद रातो कामीले संसदले कानुन वनाउन ढिला गरेका कारण राहत वितरणमा ढिलाई भएको वताए । जथाभावी खनिएका सडक पनि वाढीपहिरोको कारण वनेको उनको दावी छ ।





error: Content is protected !!