सरुवा भएर जिल्ला छाड्दा यसरी सम्झिए बमले

लेख बुढा , डोल्पा , सरुवा भई जिल्ला छोड्दा एक कर्मचारीले  व्यक्तिगत रुपमा व्यक्तीले अपाङगता भएका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेका छन् । जिल्ला कृर्षि विकास बैँक डोल्पामा कार्यरत लेखपाल जिवराज बमले मुकुटेश्वर अपाङग सेवा समिति अन्तरर्गतका अपाँङ्ग स्रोत कक्षाका १८ जना विद्यार्थी र बाल मन्दिर आधारभुत विद्यालय दुनैमा अध्यनरत विशेष अपाँङ्ग  भएका ६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्नु भएको हो ।

आफु सरुवा भएर केहि दिनमै नेपालगन्जको खजुरामा जाने भएकोले दुर्गम हिमाली जिल्लामा अध्ययन गर्दै आएका साना बालबालिकाहरुको भविश्य उज्वलको लागि मैले सानो सहयोग गरेको बम बताउनु भयो । बाँके खजुराका जिबराज बम २०७३ मा जिल्ला कृर्षि विकास बैँकमा पहिलो कार्यरत भएको क्ष्ँत्र हो । डोल्पाको बसाई घरपरिवारको जस्तो बसाई भएको डोल्पाले धेरै कुरा सिकाएको पनी भएको उहाँले बताउनु भयो ।

यो स्टेशनरी सहयोगले यी अपाँङ्ग  भएका विद्यार्थीहरुको भाविश्यको लागि ठुलो सहयोग पुग्ने बाल मन्दिर आधारभुत विद्यालय दुनै की प्रधानाध्यापक अम्बीका हमालले बताउनु भएको थियो । यस्ता सहयोग सवैले गरे अपाँङ्ग  भएका विद्यार्थीहरुमा अत्मविश्वास र मनोवल बढ्ने पनी प्रधानध्यापक हमालले बताउनु भयो । अपाँङ्ग भएका बालबालिकालाई अहिले सम्मा तीन जना कर्मचारीहरुले मात्र आफु सरुवा भएर जाँदा सहयोग गरेको मुकुटेश्वर अपाँङ्ग  सेवा समितिका अध्यक्ष चन्द्र बहादुर रोकायाले बताउनुभयो । यो स्टेशनरी सहयोग आफुहरुको लागि ठुलो सहयोग भएको भन्दै सहयोगी मन जिवराज बमलाई धन्यवाद दिनु भएको थियो । उहाँले शिक्षक अभावको कारण अपाँङ्ग  भएका विद्यार्थीहरुलाई बाल मन्दिर आधारभुत विद्यालय मा राख्नु परेको पनी गुनासो व्यक्त गर्नु भएको थियो । यो भन्दा पहिला मुकुटेश्वर अपाँङ्ग  सेवा समितिको भवनमा अध्ययन गर्दै आई रहेका थिए ।





error: Content is protected !!