भीरमा डोरीको सायताले झुण्डिएर श्रमदान गरी बाटो निर्माण हुँदै

रुपलाल बोहोरा
डोल्पा , वर्षाले बाटो भत्काए पछि आवत जावतमा लागि स्थानीयहरु आफैले श्रमदान गरेर बाटो निर्माण गर्न लागेका छन् । त्रिपुरासुन्दरी नगरपालीका को वडा न ४ मा रंग स्थित खदलकाटेका स्थानीयहरु बाटो मर्मतमा जुटेका हुँन् । बाटो पुरै भत्कीय पछि अहिले गाउँका २ सय १६ घरधुरीले काम गरिरहेका छन् ।
साविक को सु जिउ रंग बाट सिउडेनी झरेर रुकुम जाजारकोट जाँने मुख्य बाटो नै भत्कीएको ले आवत जावत ठप्प भएको थियो । विगतमा पनि त्यो बाटो बनाएको तर कडा चट्टान मात्र भएकाले बर्षेनी भत्कीदै बनाउँदै गर्दा समस्या भएको थियो । एकै ठाउमा पहिले देखी अहिले सम्म करोड भन्दा बढी रकम खर्च भएता पनि बाटो भने स्थायी बन्न नसकेको स्थानीय अगुवा मनोज बुढा ले जानकारी दिए ।
कसैले बाटो मर्मत तर्फ ध्यान नदिदा सबै गाउँले मिलेर भदौ १६ बाट लगातार काम गरि रहेको बुढाले बताए । यही गती ले काम गर्ने हो भने करिब एक घर ले १५ दिन जत्ती को सश्रदान गर्नु पर्ने रंग गाउँका युवा दत्त बहादुर बुढाले बताए ।
पटक पटक को यो दुख ले पिरोलिए पछि यो पटक मा भत्कीएको ठाउमा करिब ३५ मिटर देखी ४० मिटर सम्मको सिमेन्ट को पर्खाल लगाउने र सिमेन्ट को लागि वडा कार्यालय बाट सहयोग गरिदिन आग्रह गरिएको अगुवा मनोज बुढा ले जानकारी दिए । सिमेन्ट वडा कार्यालय बाट ब्यबस्था हुने भए पछि अन्य बालुवा, ढुगा सबै काम गाउँले आफैले श्रमदान गर्ने भएका छन् । कडा चट्टान मा मान्छेलाई डोरीले बाँधेर अहिले चट्टान काटिरहेका छन् ।
बाटो नहँुदा अहिले रंगका स्थानीयहरु खेती पाती को काम सबै ठप्प भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!