शे–फोक्सुन्डो निकुञ्जमा लोपोन्मुख हिँउ चितुवाको गणना कार्य सम्पन्न

बिष्णुप्रसाद देबकोटा
सुलिगाड(डोल्पा) ः नेपालकै सबैभन्दा ठुलो निकुञ्ज शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा विश्वमै लोपोन्मुख बन्यजन्तु हि“उचितुवाको गणना कार्य सम्पन्न भएको छ ।बिश्वबन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्ज डोल्पाले हिउँचितुवाको गणना कार्य सम्पन्न गरेको हो ।
बिश्वबन्यजन्तु कोष,शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज,हि“उचितुवा संरक्षण समिती सहित तेत्तीस जनाको अध्ययन टोलीले १३ बैशाखबाट गणना कार्य शुरु गरेको थियो ।
शे फोक्सुण्डो राट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार “अध्ययन टोलीले तिन महिना लगाएर हि“उचितुवाको गणना गरेको हो ।क्यामरा ट्रयाप र दोहोरो गणना बिधिद्धारा हि“उ चितुवास“गै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) समेतको गणना गरिएको उनले बताए ।
शेरेन श्रेष्ठ,समुन्द्र लिम्बु र छिरिङ्ग लामा रहेको प्राबिधिक अध्ययन टोलीले हि“उचितुवा र नावर पाईने विभिन्न स्थानहरुमा क्यामेरा राखेर अध्ययन गरेको सहायक संरक्षण अधिकृत उप्रेतीले जानकारी दिए ।शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज बन क्षेत्रमा जडान गरिएका क्यामरा ट्रयापहरु अध्यायन टोलीले लगेर काठमाण्डौमा फर्केकोे छ ।
झण्डै तिन महिना अवधी लगाएर गरिएको गणनामा लोपोन्मुख बन्यजन्तु हिउंचितुवाको संख्यात्मक बुद्दि वा घटेको बारेमा टोलीले अध्यायन प्रतिवेदन तयार पारि काठमाण्डौमा सार्वजनिक गर्ने बताइएको छ ।शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज संरक्षण बन क्षेत्र लोपोन्मुख बन्यजन्तु हि“उचितुवा धेरैपाइने स्थानमा पर्दछ ।
बिश्वमा नै हिउं चितुवाको घनत्व सबैभन्दा बढी भएको क्षेत्र शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको लंगु उपत्यका रहेको निकुन्जले तयार पारेको बार्षिक प्रतिबेदन २०७०÷०७१ मा समेत उल्लेख छ ।निकुन्जको प्रतिवेदन अनुसार शे फोक्सुण्डो निकुन्ज बन क्षेत्रमा एक सय तीसको संख्यामा रहेको र यो संख्या नेपालका निकुन्जहरु मध्येमा सबैभन्दा बढी संख्या हो ।
पछिल्लो समय गरेको गण्नाले भइरहेको हिँउ चितुवाको १ सय ३० को संख्यामा बृद्दि भएको वा घटेको अध्यायन टोलीले प्रतिबेदन सार्वजनिक भएपछि थाहाँ हुने छ ।अध्यायन टोलीका सदस्य छिरिङ्ग लामाले अलग अलग क्यामराहरुमा हिँउ चितुवाको गतिबिधि चालचलन हेरेर थाहा हुने बताईन ।उनका अनुसार गणना अध्यायन टोलीले पुस मसान्त भित्रमा काठमाण्डोमा प्रतिवेदन सार्बजनिक गर्ने बताइन ।
नेपालकै सबै भन्दा ठुलो राष्ट्रिय निकुन्ज शे फोक्सुण्डो निकुन्जमा हिऊचितुवा,कस्तुरी,मृग जस्ता अत्यन्तै दुर्लभ बन्यजन्तुहरु लगायत ३२ प्रजातिका स्तनधारी,२०० भन्दा बढी प्रजातीका चराहरु २८ प्रजातिका पुतली ६ प्रजातिका घस्रने जीवहरु र बिभिन्न ४१७प्रजातिका बनस्पतिहरुको आश्रम स्थलको रुपमा समेत शे फोक्सुण्डो राष्टिय निकुन्ज परिचित छ ।










