जिल्लाकै दलित बिद्यालयले मनायो आफ्नो २४ औ बार्षिकोत्सव

बिष्णुप्रसाद देबकाेटा

डोल्पा । सिप चल्छ,श्रम चल्छ पानी चल्दैन किन यहाँ,जातीय बिभेद बिरुद्दको कानुन बन्यो धेरै पहिले,अझै पनि हटदैन छुवाछुत किन यहाँ, मठमन्दिर पाटीपौवा बिद्यालयमा अझै गरिदैछ बिभेद किन यहाँ,
डोल्पामा अझै पनि जातीय बिभेद हुने गरेको र दलित भएकै कारण बिद्यालयमा समेत अपहेलित हुनु परिरहेको कबिता मार्फत हिमजोती आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्यायनरत छात्रा पुष्पा सार्कीले दशर्कहरुलाई आफ्ना पिडा पोखि रहँदा कार्यक्रममा उपस्थित अधिकाँश दर्शकहरुको आँखा रसाएका थिए ।
डोल्पा जिल्लाकै बिशुद्द दलित बिद्यालयको रुपमा आफुलाई स्थापित गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित लोकामा रहेको हिमजोती आधारभुत बिद्यालयको २४ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा अधिकाँश दलित बालबालिकाहरुले आफुहरुले दलित भएकै कारण अनेकौ अपमान खेप्नु परेको गुनोसो पोखेका थिए ।
हिमजोती आधारभुत बिद्यालयले जिल्लामा जातीय बिभेद बिरुद्दको अभियान्ताको रुपमा समेत आफुलाई अगाडि सारदै आएको छ ।
जिल्लाको एक मात्र बिशुद्द दलित बिद्यालय हिमजोती भएकाले दलित अगुवा र समाजले गरेको मुल्याङ्कन र अपेक्षा अनुसारको ठाउँमा अझै हिमजोती नपुगेको कार्यक्रमका अतिथीहरुले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथी ओमबहादुर बुढाले शैक्षिक गुणस्तर भौतिक ब्यवस्थापन तथा बिद्यालय प्रशासन र समुदायको सहयोगी हातहरुको कारण जिल्लामै हिमजोती शैक्षिक क्षेत्रमा उदाहरर्णिय बिद्यालय भएको बताए ।
बिद्यालयले नियमित शिक्षा मात्र नदिएर जातीय बिभेद बिरुद्दको अभियान्ताको जिम्मेवारी समेत बहन गरेकाले यसको महत्व अझ बढेको उनको भनाइ थियो ।
बिद्यालयको २४ औ बार्षिकोत्सवको अवसरमा बिद्यालयको भौतिक शैक्षिक बिकास र ब्यवस्थापकिए क्षेत्रमा सहयोग पुर्याए बापत पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु चन्द्रमान सार्की,लक्ष्मी सार्की,आइतराम सार्की र हरिलाल सार्की लगायत बिद्यालयलाई निशुल्क जग्गा उपलब्ध गराउने सिउमल सार्की,खड्कसि कठायत,रणचन्द्र रोकायालाई ढाका टोपी र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
बिद्यालयका प्रधाना अध्यापक तुलबहादुर बिष्टले दलित समुदायको सक्रिय र निरन्तर सहयोग दातृनिकायको आर्थिक सहयोग र स्थानीय निकायको सहयोगले बिद्यालयको बिकासमा अगाडी बढ्न सफल भएको बताए ।
कक्षा ५ सम्म पढाई हुदै आएको हिमजोती आधारभुत बिद्यालयका ४ ओटा भवन भएको र छात्रा ४४ र छात्र २९ गरेर ७३ जना दलित छात्र छात्रा बिद्यालयमा अध्यायन गरिरहेका प्रअ बिष्टले बताए ।
यसैवीच नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित सामुदायिक बिकास कार्यक्रमको आर्थिक सहयोग २६ लाख ६५ हजार १ सय ११ र समुदायको २ लाख ७१ ह्जार बराबरको श्रमदान गरेर २९ लाख ३६ लाख १ सय ११ को लागतमा नवनिर्मित दुई कोठे भुकम्प प्रतिरोधात्मक भवन समेत हिमजोती बिद्यालयलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा दलित बिद्यालयका बालबालिकाहरुले कबिता बाचन,कथा नाटक लगायत बिभिन्न नृत्यहरु त्था सास्कृतिक झलक प्रस्तुत गरेका थिए ।

 





error: Content is protected !!