गुणस्तर शिक्षा दिन जुम्लाका विद्यालयमा डिजिटल प्रबिधि सुरु 


दिलमाया शाही जुम्ला :
शिक्ष क्षेलाई गुणस्तर र प्राभावकारी बनाउन जुम्लाका बिद्यालयमा डिजिटल प्रबिधि सुरु भएको छ।

कर्णाली प्रदेश सरकारको डिजिटल प्रदेशको अवधारणा अनुसार जुम्लाका केही विद्यालयहरुले डिजिटल प्रबिधि सुरु गरेका हुन । ।यस्तै चन्दननाथ नमूना माध्यामिक विद्यालयका विद्या्र्थी, शिक्षक,र पत्रकारहरुलाई डिजिटल विद्यालय बनाउने बारेमा जानकारी गराईएको छ ।प्रद्श सरकारको निर्णय अनुसार आज जुम्लाको चन्दननाथ माध्यामिक विद्यालय, कालिका मा.वि. तलि कुडु लगायतका कर्णाली प्रदेशका २४ विद्यालय डिजिटल बनाउने भएको उक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। जुम्लाका बिद्यालयलाई डिजिटल प्रबिधि बनाउनका लागी अभिमुखी करण कार्यक्रमको आयोजना गरिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उपेन्द्र केशर खनालका अनुसर वालवालिकाहरुले शैक्षिक प्रविधि अन्तरगत्त विश्वमा भएका अनुकरणीय कामहरुको वारेमा जानकारी लिन सक्ने भएका छन । उहाले भन्नु भयो शिक्षहरुले त्यही अनुसार अध्ययन गरेर पढाउन मिल्ने, नेपालकै उत्कृष्ट विद्यालयहरु सँग सहकार्य गरेर शिक्षण क्रियाकलापहरुमा सहयोग पुरयाउने भएको छ। यसले गर्दा विद्यार्थीले खाली समयमा खोजमुलक अध्ययन गर्ने बातावरण तयार हुने भएको छ। बिद्यार्थिहरुका लागि बिद्यालयमा एक डिजिटल ल्याव स्थापना गरिने भएको छ ।
त्यस्तै आज भएकोअभिमुखीकरणमा चन्दननाथ माध्यामिक विद्या्यालयको डिजिटल ल्यावको लागि रु १५ लाखको प्रविधि समेत सहयोग गरिने र विद्यालयको आवश्यकता अनुसार अन्य २४ वटै विद्यालयमा सहयोग गरिने बताईएको छ । कर्णाली प्रदेश मन्त्रीपरिषदको पहिलो वैठकले डिजिटल कर्णाली अभियान शुरु गर्ने निर्णय अनुसार कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा एक एक वटा विद्यालयलाई डिजिटल विद्यालयको शुरुवात गरिने भएको छ ।
डिजिटल विद्यालयहरुले भने यसको व्यवस्थापनको लागि बढि जिम्मेवार हुनुपर्ने उपसचिव खनालले बताउनु भयो । खनालका अनुसार प्रशासन प्रहरी सुरक्षा, शिक्षा प्रविधिमैत्री प्रदेशका लागि कर्णाली प्रदेशमा अभियान समेत थालिएको छ । सोही आवशयकता अनुसार प्रदेशका केही शहरमा साईरन जडान र आवश्यक क्यामरा समेत राख्न सकिने उहाँले जानकारी दिनुभयो । चन्दननाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भन्नुभयो यो कार्यक्रम निकै राम्रो भएकाले भगवानले बरदान दिए जस्तो यो कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । उहाँले डिजिटल ल्यावको लागि आवश्यक आफनो निगरानी रहिरहने र संचालन गर्न निरन्तर विद्यालयले जोड दिने बताउनुभयो ।
त्यस्तै चन्दननाथ नमुना माध्यामिक विद्यालय जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले विद्यालयले ईन्टर नेटयुक्त, ईहाजिरी सहितका विभिन्न विधुतीय प्रणालीमा गईरहेको समयमा डिजिटल विद्यालयको कार्यक्रम निकै एडभान्स हुने बताउनुभयो । उहाले भन्नु भयो, हाम्रा विद्यार्थीहरुले दुर्गमबाटै आवश्यक शिक्षा यूटयूव मार्फत सिक्ने अवसर हुने भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!