जुम्लाको स्याउ काठमाडौं भित्रियो

दिलमाया शाही 
जुम्ला ः जुम्लाको अर्गानिक स्याउ बुधबारदेखि काठमाडौंमा भित्रिएको छ । ६ वर्षयता स्थानीय कृषकको सक्रियताले ‘एप्पल गार्डेन’ नाममा जुम्लाको स्याउ सुपथ मूल्यमा काठमाडौंमा भित्र्याउँदै आएको हो ।
पछिल्लो समय चीन र भारतमा उत्पादन स्याउले बजार लिइरहेको अवस्थामा जुम्लामा उत्पादन भएको स्याउ काठमाडौंमा भित्रिए हो । नेपालमा उत्पादन स्याउ बजारमा ल्याउन कठिन भएकाले काठमाडौंबासीले विदेशी स्याउ खान बाध्य भएका छन् ।
स्याउ ढुवानी गर्दै आएका कृषक दिनेश खड्काले कठिनाई भए पनि आफ्नो उत्पादन बजारसम्म पुर्याउनु ठुलो कुरा भएको कृषक बताए । उनी भन्छन्, ‘नाफाभन्दा जुम्ली स्याउको बजार प्रवर्द्धनमा जोड दिएको हो ।’
पछिल्लो समय जुम्लामा प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म स्याउ बिक्री हुँदै आएको छ । स्याउ टिपेपछि २र३ दिनमा नै काठमाडौं भित्रिने हुनाले उत्साही भएको कृषक खड्का बताउछन् ।










