डोल्पाको दुनै अन्धकार

लेख बुढा 
डोल्पा । मंगलबार राती पहिरोले कुलो भत्काउदा सदरमुकाम दुनै अनधकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सेवा पहिरोका कारण ठप्प भएपछि यहाँको सदरमुकामवासीहरु अन्धकारमा वस्न वाध्य भएका छन् ।
जैरी गाडको खोला नजिकै विद्युतको नहरमा पहिरो क्षति बनाएपछि सदरमुकाम दुनैमा विद्युत सेवा अवरुद्ध भएको छ । पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्किएको आयोजनाले बताएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत प्राधिकरण बाट प्राविधिक टोली बोलाई वोलपत्र वा ठेक्का मार्फत पलास्टीकका पाइपद्धारा नहर मर्मत गरिने नेपाल विद्युत वितरण केन्द्र दुनैले जनाएको छ । यो पटकको पहिरोले कुलोको ठुलो क्षेती भएकोले सानोतिनो मर्मतले नहुने जनाईएको छ ।
कुलो भन्दा माथी अझै पहिरो आउने सम्भावना भएकोले लामो समय सम्म विद्युत अवरुद्ध हुन सक्ने र निर्माण कार्य गर्दा पनी पहिरो खस्ने सम्भावना भएकोे स्थानीय टिकादत्त न्यौपाने बताउनुभयो ।
सोही ठाउँ नजिकै सोमबार साझँ पहिरोले करिव १५ मिटर कुलो भत्काउदा २४ घण्टा विधुत अबरुद्ध भएको थियो । नेपाली सेनाले उक्त पहिरो मंगलबार मर्मत गरेपछी विद्युत सेवा सुचारु भएको थियो । फेरी पुर्ण मंगलबार राती गएको पहिरो झण्डै ४० मिटर कुलो भत्काउदा झनै ठुलो क्षति भएको न्यौपानेले बताउनुभयो । केही समय पहिले २ सय किलोवाट विद्युत उत्पादन हुँने जैरीगाड पावरहाउसमा हाल ३० देखि ४० किलोवाट मात्र उत्पादन हुँने गरेको थियो ।
एउटा जेनेरेटर केहि समय जलेपछी बुटवल पावर कम्पनीमा मर्मत भैरहेको र हाल रहेको एक सय किलोवाटको क्षमताको जेनेरेटर मा खरावी आएपछी जम्मा ३० देखि ४० किलोवाट विद्युत उत्पादन हुने गरेकोले सदरमुकाम दुनै बजार र जुफाल पालो सिस्टमगरि विद्युत आपुर्ती हुँदै आएको थियो । विद्युत सेवा वन्द भए संगै सदरमुकाम स्थित रेडियो डोल्पा तथा सरकारी कार्यालयको कामका संगै पत्रकारलाई समाचार सम्प्रेशनमा समस्या भएको पत्रकार सुकमाया थापाले भेरीखवरलाई बताउनुभयो ।










