भारी वर्षाले वगायो दुर्गमका वाटाहरु

सुकमाया थापा 
डोल्पा । सडक सञ्जालले नजोडिएको डोल्पामा भारी वर्षाका कारण घडेटो बाटो समेत अवरुद्ध भएको छ । एक साता देखि परेको अविरल बर्षाले बाटो भत्काउदा आवत जावतमा समस्या भएको हो ।
ठुलीभेरी नगरपालीका वडा नं ११ को रहमा बाटो भत्काए पछि वडा नं ११ र २ का स्थानीयवासीलाई यात्रा गर्न मुस्किल भएको छ । रहको फुन्हालदुवा को रम्फु दोप्च्याना देखी काग्नि सम्मको घोडेटो बाटो भत्किएपछि दैनिक स्थानीयलाई यात्रामा समस्या परेको हो । दुइ गाउँ जाने बिच बाटोको खोलामा पहिरो आएपछि खोलाको झुलुङ्गगे पुल जोखिममा रहेको छ । करीब ५ बर्ष अगाडि निर्माण गरिएको सो पुलको वरीपरीको भाग पहिरोले कटान गर्दा जोखिममा रहेको छ ।
यो बर्षाको पानीले अत्याधिक क्षेति गरेको छ । फुनहाल्दुवा भुभागमा रहेको पुलको भागमा बढी क्षति भएको छ । पुल जोखिमा परेसंगै स्थानीयहरु चिन्तामा परेको बताएको छ । दुर्गम गाउँमा भएका कारण यातायातको सहज पहुँच नहुँनु अर्को समस्या हो । वाटो भत्किएपछि दैनिक खाद्यान्न आपुर्ती समेत ठप्प भएको छ । यो दुनैमा आउँने मुख्य बाटो हो । पानी पर्ने क्रम नरोएकाले मर्मत गर्न समस्या भएको स्थानीय सरकारले जनाएको छ ।







