विद्युतको रिण तिर्न नपाउँदै पहिरोले वगायो विद्युत

हेमन्त के सी
डोल्पा ः जगदुला गाउँपालिकाका स्थानीयहरु विद्युत बालेको महिना दिन बित्न नपाउँदै पहिरोले योजनाको अधिकांश भागमा क्षती बनाएपछि अन्धकारमा वस्न वाध्य भएका छन् । 
गाउँपालिकाको वडा ४ स्थित कुचे खघेकुला लद्युजलविद्युत आयोजानाको नहर र उत्पादन गृह संगै पाईप पहिरोले वगाएपछि अन्धकारमा वस्न वाध्य भएको योजनाका अध्यक्ष विर्खवहादुर शाहीले जानकारी दिनुभयो । करिव २ करोड ६८ लाखमा निर्माण गरिएको आयोजनाबाट महिना दिन वती वाल्न नपाउँदै पहिराले क्षति बनाएपछि समस्यामा परेको शाहीको भनाई छ । विद्युत निर्माण गर्दा लागेको रिण समेत तिर्न बाँकी छ , तर विद्युत पहिरोले क्षतविच्छेद बनायो कसरी समस्या समाधान गर्ने शाहीले भन्नुभयो ।

५० किलोबाट क्षमता रहेको यो योजनाबाट ३ सय भन्दा वढी घरधुरीले वत्ती वाल्दै आएका थिए ।
तत्काल निर्माणका लागि सरकार संग माग गर्छु ? सांसद शाही
दुर्गम गाउँमा रिण काडेर वालेको वत्तीले महिना दिन खुसी ल्यायो भने अहिले रिण वोकाएर गयो , अव थप रकम कहाँबाट ल्याएर निर्माण गर्ने ठुलो चुनौति थपिएको सांसद बीरवहादुर शाहीले बताउनुभयो । जनतालाई विद्युतको सेवा सुविधा दिनका लागि प्रदेश सरकार र केन्द्र सरकार संग माग गर्ने सांसद शाहीले बताउनुभयो । दुर्गम गाउँमा सामग्री लिदा सामग्रीको मुल्य भन्दा ढुवानी भाडा वढी पर्छ उहाँले भन्नुभयो ।
त्यस्तै जुम्ला डोल्पा वाटो समेत अवरुद्ध भएको छ । जुम्ला जगदुला हुँदै दुनै आउँने बाटोको काइगाउँ, चोत्र सम्म पहिरोले क्षति बनाएपछि बाटो अवरुद्ध भएको छ ।







