पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारको एक लाख सहयोग

जाजरकोट ः जाजरकोटमा आइतवार विहान भेरी नगरपालिका ३ ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट एक लाखका दरले राहत सहयोग दिइएको छ ।
भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार स्थित पानीनाउला जाने वाटोको छेउमा रहेका दुइ घर माथिवाट आएको पहिरोले पुरिदा मृत्यु भएका सात वालवालिका सहित आठ जनाका पिडित परिवारलाइ केन्द्र सरकारका तर्फवाट प्राप्त राहत रकम बुधवार हस्तान्तरण गरिएको हो । बन तथा बातावरण मन्त्री शक्तिवहादुर वस्नेतले पिडितलाई कुनै कुराको पनि अभाव हुँन नदिन आग्रह गरे वमोजिम तत्काल राहत रकम उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले राससलाई जानकारी दिनुभयो ।
केन्द्र सरकारको तर्फवाट पिडित परिवारका लागि प्राप्त रकम पिडितहरुले आश्रय लिएर वसिरहेको ठाँटीवजार स्थित वृद्धाश्रममै पुगेर प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले हस्तान्तरण गरेका गनुभयो । यस्तै सरकारका तर्फवाट प्रजिअ वस्नेतले पहिरोले घर पुरेर विस्थापित भएका पत्रकार तिर्थ वोहरा र गोपाल सुनारलाइ १० हजारका दरले नगद हस्तान्तरण गर्नुभयो । त्यस्तै पत्रकार महासंघ जाजरकोट शाखाले रु १० हजार , पत्रकार जनक केसीले ले रु ५ हजार रकम समेत पिडितलाई उपलव्ध गराएको छ ।

पहिरोमा परि भेरी नगरपालिका ६ गंगटियाकी २५ वर्षिया सितला लुहार र उनकी तीन छोरीहरु भगवती, रन्जना र मनिषा, पत्रकार तिर्थ वोहराकी ८ वर्षिया छोरी नज्मा वोहरा, कुसे गाउँपालिका ५ का १३ वर्षिय नरेन्द्र परियार, सोहि गाउँपालिका ६ भार्माका ११ वर्षिय नवीन परियार र नलगाड नगरपालिका ३ करुवाका ८ वर्षिय दसरथ परियारको मृत्यु भएको थियो भने दसरथकै दाजु १३ वर्षिय गोविन्द परियार पहिरोमा पुरिएर वेपत्ता भएका छन् । वेपताको खोजि कार्य भईरहेको भएपनि अहिले सम्म फेला पर्न सकेका छैन्न ।










