मन्त्री वस्नेतको निर्देशनमा ः पहिरोबाट जोगाउँन कार्ययोजना वन्दै

जाजरकोट , जाजरकोटमा दर्जनौ वस्तीहरु पहिरोको जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाइँको टोलीले जाजरकोट गई स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँग छलफल गरेको छ ।
टोलीले सदरमुकामका पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ , बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटिया लगायतका ठाउँका हजार बढी घरहरु पहिरोको जोखिममा रहेकाले सचेत रहन र सुरक्षित रहन अध्ययन टोली आग्रह गरेको छ ।
निरन्तर पानी परिराखेमा घरहरू जतिखेर पनि बग्न सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा रहेको भन्दै सचेत रहन अनुरोध गरिएको हो । उक्त टोलीले दीर्घकालीन समाधानका लागि सुझाव र लागत स्टमेट तयार गर्ने गरी आफूहरू मन्त्री वस्नेतको निर्देशनमा जाजरकोट आएको मण्डलले बताउनुभयो ।
भिरालो जमिनमा घर निर्माण र सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम वढेको अध्यान टोलीले बताएको छ । जाजरकोट निर्वाचन क्षेत्र भएका वनमन्त्री शक्तिबहादुर बस्नेतले सदरमुकाम खलंगामा देखिएको पहिरो जोखिम निराकरणका लागि टोली तत्काल जाँन निर्देशन दिए लगत्तै जाजरकोट पुगेर अध्यान कार्य थालेको हो । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करिब २० करोड रुपैयाँ तत्काल खर्च गर्नुपर्ने अध्यायन टोलीको निष्कर्ष छ ।
जिल्लाको समग्र अवस्थाको बारेमा हामी चिन्तित छौ , कार्ययोजना वन्दै छ । जनताको वाँच्न पाउँने मौलिक हक सुरक्षित गर्न दिन रात लागेको सांसद गणेसप्रसाद सिंहले बताउनुभयो । अहिले तत्काल सुरक्षित वास स्थान र खानाको व्यवस्था गरिएको छ सिंहले भन्नुभयो । प्रदेश सरकार र केन्द्र सरकार संग पहिरो पिडितको व्यवस्थापको विषयमा व्यापक छलफल भईरहेको सिंहले बताउनुभयो ।
हेमन्त के सी










