जुम्लामा काठे गाई लोप हुदै, अर्गानिक जिल्ला बनाउन चुनौती

दिलमाया शाही जुम्ला । जुम्ला लगायतका हिमाली जिल्लामा पाल्ने काठे गाइ लोपहुदै गएका छन् । पछिल्लो समयमा जुम्लामा पालिने काठे गाई पालनमा कमी आएको पाइएको छ ।

काठेगाइ पाल्लने चलन हराएसंगै जुम्लालाई अर्गानिक जिल्ला बनाउन पनि चुनौति देखिएको छ । जुम्लाको प्रंगारीक मल उत्पादनको प्रमुख स्रोत भनेको जुम्ली काठे गाईको मल हो तर गाई पालमा कमि आएपछि जुम्लालाई अर्गानिक जिल्ला बनाउन पनि चुनौति देखिएको हो ।

कर्णाली क्षेत्रमा कुनै समय छोरी दिनु पर्या भने घरको थाडो अथवा छतमा जौ को भल्को र गोठमा गाई कति छ भन्ने गरीन्थ्यो । तर पछिल्लो समयमा भने जुम्लाको गाई पालनमा कमि आयको छ पहिले पहिले जुम्लामा एक घरमा १० वोटा देखि १०० वोटा सम्म गाई पाल्ने चलन रहेको बुढापाकाहरुले बताएका छन ।

पछिल्लो समय एक घरमा २ देखि ४ सम्म मात्र गाइपाल्ले गरेको पाईन्टछ ,।जुम्लामा पाईने काठे गाई हिमालमा पाईने चौरी र तराईमा पाईने गौरी भन्दा फरक मानिने गरिन्छ । जुम्लामा पालिने गाई सानो हुने भएकाले जुम्लाको हावा पनिमा सुहाउने खालको हुन्छ ।

जुम्लामा गाई पाल्ने गोठ घरको तल्लो तलामा बनाएर राख्न गरिएको हुन्छ । काठे गाइ सानो हुने हुदा पालनको लागी सजिलो र यस गाईको दुध अरुको दुध भन्दा पोसिलो र चिल्लो पना बढि भएको पाइन्छ । यसको घिउले सरीर दुख्ने, रुघा खोकि लाग्दा, सित लाग्दा, चोट पटक लाग्दा उपचारको रुपमा प्रयोग गरिने गरिने गरिएको पाइन्छ ।

गाइपालन पेसा लोप भएपछि जुम्लामा धेरै जसो जमिनमा उत्पादन हुन छोडेको जुम्लाका किसानहरुले बताएका छन । त्यस्तै गाइको गोभवरबाट बनेको मलले जुम्लाको सुक्खा जमिनमा चिस्यान राख्न पनि मदत गर्ने गरेको पशुबिकास अधिकृत ज्ञनेन्द्र सिंह बुढथापाले बताउनु भयो ।

जुम्लाको एतिहाँसिक पहिचान र कृषि उत्पादनको मेरुडन्ड मानियको जुम्लाको गाई पालन यसरी नै हराउदै जाने हो भने पछिल्लो समय जुम्लाको आर्गानि कृषि उत्पादन सुन्ने देखिने सम्भावना रहेको छ।





error: Content is protected !!