जाजरकोटक पहिरो अपडेट , आठको शव भेटियो, उद्दार कार्य जारी

जाजरकोट ः जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य दुर्इ बालिका र एक महिलाको मृत्यु भएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

पहिरो आज विहान आठ बजेतिर गएको प्रहरीले जनाएको छ। पहिरोमा परी दुई घर पुरिएका छन्।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरएको हो। पहिरोमा पुरिनेमा युबा, महिला र धेरै बालबालिकाहरु रहेको स्थानीय लबकुमार पुनले बताए।

प्रत्यक्ष दर्शी पुनका अनुसार पहिरोले घर भित्र भएका र बाटोमा हिडिरहेका बटुवाहरु पनि पुरिएका छन्।

पहिरोमा पुरिएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। बर्षा नरोकिएको र अफ्ट्यारो भूभाग भएका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!