मिसन नेपालको सुशासन सहितको मिसन ,साउन २५ भित्र आठै स्थानीय तहमा शाखा विस्तारको तयारी

सुकमाया थापा
डोल्पा । विगत देखि नै सुुशासन सहितको समाज निर्माणको परिकल्पना गदै स्थापना भएको मिसन नेपाल डोल्पाले आफ्नो प्रगती विवरण प्रस्तुत गरेको छ । वढ्दो भ्रष्टा«चार, अन्याय, अत्यचार एवं विकृति, विसंगतिका विरुद्धमा देशव्यापी जनचेतनामुलक अभियान सञ्चालन गरी सभ्य समाज निर्माण गर्नु मिसन नेपालको मुख्य काम भएको संस्थाका सदस्या टिकादत्त न्यौपानेले बताउनुभयो । २०७२ देखि डोल्पामा स्थापना भई विभिन्न सर्चेतना मुलक कार्यक्रम गदै आएको मिसन नेपाल डोल्पाले २०५७ मा बालात्रिपुरा सुन्दरी योगमाया देविको मुर्ति हराए लगत्तै मिसन नोपलको स्थापनाको प्रयास गरिएको थियो । मिसन नेपाल डोल्पाका अध्यक्ष ओपेन्द्र केसीका अनुसार संस्था स्थापना देखि अहिले सम्म २५ प्रतिशत कामहरु सुधारको विन्दुमा पुगेको दावी छ ।
कार्यक्रममा सहभागी पुर्व सांसद दुधकुमारी हमाल ले मिसन नेपालले काम प्रति आफ्नो सहमती भएको बताउदै भावी दिनमा पनि सहयोग हुँने बताउनुभयो । डोल्पामा भ्रष्टा«चारको विगविगी भइरहेको र विकास नहुनुमा बजेटको अभाव नभइ नियतको अभावले विकास नभएको र कार्यान्वयनको अभावले बिकास हुन नसकेको नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा ले बताउनु भएको थियो । त्यस्तै कमल कुमारी शाहीले सुशासन सहितको नयाँ नेपालले मात्र जनताले चाहे जस्तो व्यवस्था अनुभुत गर्ने बताउनुभयो ।
मिसन नेपालले संघियता को आधारमा अब लगतै २५ गते सम्म डोल्पाका ८ स्थानमा रहेका स्थानीय तहमा मिसन नेपालको शाखाहरु विस्तार गर्ने अध्यक्ष केसीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!