जुम्लामा तलब माग्दै शिक्षकद्वारा तिला गाउँपालिकामा धर्ना

दिलमाया शाही, जुम्ला । जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै कार्यालयमा धर्ना दिएका छन । उनीहरुले तत्काल शिक्षकलाई तलबको व्यवस्था गर्न माग गरेका छन् । भोलीदेखि आन्दोलनका कार्यक्रम अघि सार्दै उनीहरुले गाउँपालिका कार्यालयमा धर्ना दिदै आएका छन् ।

आर्थिक वर्ष २०७४र०७५ को पाठ्यपुस्तक र छात्राबृत्ति रकम विद्यालयहरुले नपाएको, शिक्षक विद्यालय कर्मचारी ईसिडी सम्मका शिक्षक कर्मचारीले पोशाक भत्ता नपाएको, भन्दै आन्दोलित भएका छन । त्यस्तै स्थायी शिक्षकहरुले आर्थिक वर्ष २०७३र०७४ देखि पोशाक भत्ता नपाएको भन्दै तत्काल माग संवोधन गर्नको लागि आन्दोलनका कार्यक्रम थालिएको तिला गाउँपालिका शिक्षक संघर्ष समितीका अध्यक्ष मानवहादुर शाहीले बताउनुभयो । विद्यालयमा आउने पिसि एफ, ननपिसिएफ,छात्रावृत्ति पाठ्यपुस्तक,बुक कर्नर,निरन्तर मुल्यांकन खर्च, प्रशासन खर्च, एसआईपी निर्माण गर्ने लगायतका काममा स्थानीय तह सञ्चालनमा आएबाट वाधा हुदैै आएको उहाँले बताउनुभयो ।

गाउँपालिका स्तरिय शिक्षक समिती अहिले सम्म गठन हुन सकेको छैन । त्यहाँका शिक्षकले चार महिना देखिको तलब पाउन सकेका छैन्न । केन्द्र सरकारले नै तलब कम पठाएको भन्दै गाउँपालिकाले झारा टार्ने काम गरिरहेको छ, संघर्ष समितीका अध्यक्ष शाहीको गुनासो छ ।

अन्य गाउँपालिकाले समयमै रकम माग गरेर तलब खुवाईसकेको , तर यहाँका गाउँपालिकाका जनप्रतिनिधी , कर्मचारी सुतेर बसेपछि यो समस्या आएको हो । शाहीले भन्नुभयो , ‘दुईचार शव्द बोल्दैमा,गाउँपालिका चल्दैन, गाउँपालिका चलाउनको लागि जिम्मेवार र जवाफदेहि नेतृत्वको आबश्यक हुन्छ, त्यो यो गाउँपालिकामा देखिएको छैन ।, बाहिर योजना गाँउपालिका भन्दै आएपनि भित्र योजना बिहिन गाउँपालिका जस्तो बनेको देखिएको छ ।

त्यहाँका शिक्षकहरुले तलबको लागि पहल गरिदिन भन्दै असार पहिलो साता देखि नै गाउँपालिकालइृ घचघच्याउदै आएका थिए । गाउँपालिकामा आउदाँ प्रमुख प्रशासकिय अधिकृत र अध्यक्षले तलबको चिन्ता नगर्नुस,जतावाट पनि खुवाई हाल्छौँ भन्ने गरेका थिए , तर व्यवहारमा शिक्षकलाई उपेक्षा गर्ने गरीएको शिक्षक संघर्ष समितीका उपाध्यक्ष मेघनाथ योगीले बताउनु भयो ।,असार पन्ध्र गते शिक्षकलाई तलब निकासा गरेर १६ गते नै तलब खुवाउने आश्वासन अध्यक्ष रतननाथ योगिले दिनुभएको थियो । तर गाउँपालिकामा बुझ्न आउदा जिल्ला वाहिर गईसके छन,यो उहाले गरेको शिक्षक प्रतिको अपहेलना हो, शिक्षकहरुले भनेका छन । जनप्रतिनिधीको यस्तो व्यवहारले समृद्ध गाउँपालिका बन्न नसक्ने त्यहाका नागरिकहरुको भनाईछ ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले शिक्षकको तलब र अन्य खर्चको लागि शिर्षक वाईज पत्राचार गरिसकिएको बाउनु भयो उहाले भन्नुभयो , संघिय मामिला, सामान्य प्रशासन,स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र विभागमा पत्र पठाईसकेको छु,। त्यहाँवाट अपुग पैसा दिने आश्वासन समेत पाएको छु प्रमुख प्रशासकिय अधिकृतले भन्नुभयो ।

गाउँपालिका कार्यवहाक अध्यक्ष बिष्णु बुढाले, शिक्षक तलब अपुग भएको वारेमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाले भन्नुभयो मलाई तलब अपुग भएको वारेमा कुनै जानकारी थिएन, उपाध्यक्ष भएकै कारणले होला म संग समन्वय पनि हुदैन, तर शिक्षकलाई तलब खुवाउने विषयमा गम्भीर छु, पहल गरेर छिट्टै तलब खुवाउने व्यवस्था गर्नेछौ ।

कार्यवहाक अध्यक्ष बुढा र शिक्षक बिच एक हप्तामा तलब लगायतका सेवा सुविधा उपलब्ध गराउने सहमति भएको छ । एक हप्ता भित्र तलब भत्ताको व्यवस्था हुन नसके कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने शिक्षकहरुले चतावनी दिएका छन । तिला गाउँपालिकामा ५८ लाख रुपैया शिक्षकको तलब अपुग देखिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!