तिजले बढायो सदरमुकामको चहलपहल

सुरिता वस्नेत
जाजरकोट , यहाँको सदरमुकाममा तिजको मुखमा आएर भव्य चहल पहल वढेको छ । जिल्लाको भेरी नगरपालिका स्थानीय तह भई विकेन्द्रिकरण भए संगै सुनसान भएकोमा तिजले फेरी चहलपहल पढाएको हो ।

गत बर्षको तुलनमा यसबर्ष जाजरकोटका सुनचाँदी पसलहरुमा विक्रेताको ठुलो घुईलो लागेको छ । कारोबारमा अत्यधिक वढेको सुनचाँदी व्यवसायी न्यू जगत ज्वैलर्सका प्रो प्राईटर जगत सुनारले बताउनुभयो । उहाँका अनुसार गत बर्षको तुलनामा तिजको अन्तिम साता भन्दा यसबर्ष असार महिनामै ग्राहकको भिड लागिसकेको थियो । अर्का सुनचाँदे विक्रेता बिनोद ज्वैलर्सका प्रो प्राईटर बिनोद सुनार भन्नुहुन्छ गत बर्षको तिजमा भएको कारोबार यस बर्ष अषाढ अन्तिम मै भैसकेको छ अझै ग्राहकले भनेअनुसार सामान पुर्‍याउन मुस्किल भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!