जुम्लामा यातायात सेवा अस्त व्यस्त

दिलमाया शाही
जुम्लाः जुम्लाबाट सञ्चालनमा रहेका यातायातका साधनको टिकट काउण्टर एकै ठाउँमा नहुँदा यात्रु मर्कामा परेका छन । फरक फरक ठाउँमा टिकट वितरण केन्द्र हुँदा यातायात सेवा सञ्चालन गर्दा यात्रु ठगिने गरेका हुन् । कर्णाली राजमार्गको सुर्खेत, जुम्ला, नेपालगंज, काठमाण्डौ चल्ने दर्जन भन्दा बढि यातायात समिति छन् । जुम्ला देखि सुर्खेत जानको लागि वसपार्कमा पुगेका यात्रु जीवन बहादुर गिरीले भन्नुभयो जुम्लाको यातायात सेवा निकै अस्तव्यस्त छ, यो राम्रो पक्ष होईन, सवै समितिका काउण्टर एकै ठाउँमा राखेर यात्रा गर्न पाउने वातावरण स्थानीय प्रशासनले गर्न सकेको छैन, निकै विडम्वना पुर्ण पक्ष भनेकै यहि हो ।’उहाका अनुसार यातायात समिति विचको समन्वय प्रभावकारी नहुनु, प्रतिस्पर्दाको नाममा मनपरी भाडा असुल्नु ठिक होईन । कर्णाली यातायात व्यवसायी समितिका अध्यक्ष मिनवहादुर थापाले यातायात सेवा छरिएर सञ्चालन हुँदा यात्रुमा अन्यौलता हुने गरेको बताउनु भयो उहको भन्नुभयो, यातायात सेवामा बढ्दो विकृती रोगथामका लागि प्रहरी, प्रशासन, नगरपालिका,ट्राफिक प्रहरीलाई निरन्तर गुनासो गर्दा समेत कुनै सुनुवाई हुन सकेन, यातायात समितिलाई सिस्टममा ल्याउनको लागि माग गर्दछौ ।
गत भदौ ८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्था समितीको बैठकले साना ठुला सवारीको भाडादर एउटै हुने र सवै समितीको सेवा वसपार्कवाटै हुनु पर्ने निर्णय गरेको थियो, अध्यक्ष थापाले भन्नुभयो पुर्ण कार्यन्वयन हुन सकेन, सरकारी भाडादर कार्यन्वयन नगर्ने समितिलाई निगरानीमा राखिएन, यो स्थानीय प्रशासनको ठुलो कमजोरी हो । ’ कर्णाली यातायात समिती वाहेक कुनै पनि समितीले बस पार्कमा पार्किङ गर्न मानेका छैनन ।बसपार्क पुर्ण रुपमा प्रयोगमा आउन सकेको छैन,काउण्टर सडकमा खोलिएका छन, यात्रालाई प्रभावित पार्ने गरि खोलिएका काउण्टर उठाउन सरोकारवालाले चासो नदेखाएको स्थानीय वताउँछन ।सदरमुकाम खलंगा देखि उर्थु सम्म चल्ने सवारीले मनपरी क्षमता भन्दा बढि यात्रु कोच्दा समेत प्रहरी प्रशासन मौन छ ।
अहिले जुम्ला देखि चल्ने जीपको भाडा सुर्खेत, नेपालगंज सम्म १ हजार २ सय रुपैया हुनु पर्नेमा १ हजार पाँच सय रुपैया लिन्छन । अध्यक्ष थापाले भन्नुभयो। ‘यातायात व्यवस्था समितीको बैठकले ठुला साना सवारीको भाडा एउटै हुने निर्णय गरिसेकेको छ, यातायात व्यवसायी बोलाएर प्रशासन कार्यालयमा माईनुट भएको छ, स्थानीय प्रशासन कार्यालयले माईनुट हेरेर प्रक्रिया अघि बढाए अधिकांस समितीका सेवा वन्द हुन सक्ने अवस्था रहने छ ।कर्णाली यातायात समितीले सुर्खेत सम्म ९ सय ५०, नेपालगंज सम्म १ हजार १ सय ५० र काठमाण्डौ सम्म दुई हजार ८ सय ५० रुपैया भाडा लिने गरेको छ ।
जुम्लामै कर्णाली यातायात समिती र चन्दननाथ यातायात प्राली मात्रै दर्तामा छन । बाँकी समिती बाहिर जिल्लामै दर्ता भएर सेवा सञ्चालन गरिरहेका छन । दार्ता नभएका यी सवै यातायात समितीले काउण्टर पिच्छे फरक फरक भाडा अशुल्छन । एक यात्रुका अनुसार न्युनतम ४ देखि ५ सय सम्म हाँकाहाकी लुट्छन । ति यात्रुले भने,‘ टिकट माग्दा दिदैन्न, रकम पन्ध्र सय देखि दुई हजार रुपैया सम्म अशुल्छन, प्रहरी विट नजिकै १२ सय रुपैया दिएका छौ, भन्ने भन्नु है भन्छन, यसको नियमित रेखदेख र अनुगमन गर्ने निकाया मौन रहेको छ ।







