एक विद्यार्थी शिक्षक पाँच

लेख बहादुर बुढा
डोल्पा , यहाँको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ रल्ली मा रहेको महाकवि आधारभुत विद्यालयमा एक जना विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेका छन् । कक्षा १ मा ५ जना ,कक्षा २ मा ९ जना, कक्षा ३ मा १० जना,कक्षा ४ मा ५ जना र कक्षा पाचँ मा १ जना विद्यार्थीले यो विद्यालयमा पढ्ने गर्दछन् । विद्यालयमा ५ जना शिक्षकको दरवन्दी रहेको छ ।
विद्यालय स्थापना काल देखि महाकवि आधारभुत विद्यालयमा कक्षा कोठा,खानेपानी ,शौचालय नहुँदा दैनिक समस्य पदै आएको छ । आधारभुत आवश्यकता नहुँदा जर्षेनी विद्यार्थीहरुको संख्य घट्दै गएको छ । विद्यालयको समस्य समाधान नभएको भन्दै विद्यालय छोडेर १ घण्टा बाटो हिडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोडिङ स्कुलमा जाने गरेको भविभावक भीम बहादुर उखेडाले बताउनुभयो ।
विद्यालयमा पढाउने शिक्षकले छिमेकी गाउँ मद्यु रहेको विद्यालयमा पढाईरहेको शिक्षिका रामकुमारी शाहीले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न बहादुर नेवारले खासै विद्यालयमा अवस्था सुधारका लागि चाँसो नदिएको उहाँले बताउनुभयो । विद्यार्थी र शिक्षकहरु खुल्ला ठाउँमा दिसा र पिसाव गर्ने गरेको स्थानीयले बताएका छन् ।







