वालिका वलात्कारको आरोपमा एक जना पक्राउ

जाजरकोट,  १३ वर्षीय वालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा यहाँ एक जना युवक पक्राउ परेका छन् । भेरी नगरपालिका २ की ९ कक्षामा पढने वालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सवीन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न सोहि ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोवाइल पैसा र घडी दिन्छु भन्दै सुरुमा फकाउदै र पछि नमानेपछि मारिदिने धम्की दिएर दुइ दिन सम्म स्थानीय होटेलमा लिएर जवरजस्ती करणी गरेको भन्दै पिडित वालिकाका अभिभावकले प्रहरीमा दिएको लिखित जाहेरीका आधारमा चन्दलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताउनुभयो ।





error: Content is protected !!