नौ लाख उठ्यो राजस्व

लेख बहादुर बुढा डोल्पा
घरेलु तथा साना उद्योग विकास कार्यालय डोल्पामा ९ लाख ४६ हजार २ सय ४६ रुपैया संकलन भएको छ । आर्थिक बर्ष भित्र उद्योग दर्ता,नविकरण,नामसारी लगायत विभिन्न क्रियाकलाहरुबाट उक्त रकम संकलन भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय डोल्पाले जानकारी दिएको छ । आर्थिक वर्ष २०७४।७५ मा मात्र ३७ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।
२०४९ सालमा स्थापना भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले हाल ८ वटा स्थानीय तहहरुमा विभिन्न किसिमका उद्योगहरु संचालन ल्याएको छ । यस आर्थिक बर्षमा विभिन्न किसिमका सीप विकासको लागि ९० जनालाई सीप सिकाई आर्यआर्जन गराउने भनिएकोमा स्रोत साधनको कमीले ५४ जना उद्यमीको मात्र प्रगती भएको घरेलु तथा साना उधोग विकास अधिकृत मोधनाथ ज्ञावलीले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानीय तहहरुमा घरबास तालिम,चुकदन बुनाई,फर्निचर ,सिलाईकाटाई तालिम लगायत विभिन्न प्रकारको अन्य साना तालिमहरु सन्चालन गरेको कार्यलयले जनाएको छ । विषेश गरी उपल्लो डोल्पाका स्थानीय बासिन्दाले घरेलु तथा साना उद्योग कार्यायबाट सञ्चालन भएका विभिन्न कार्यक्रमहरु प्रभावकारी भएको पाईएको कार्यालयले जनाएको छ ।







