कसरी सफल पार्ने फिटनेस योजना

फिट रहनका लागि धेरैले एक्सरसाइजको योजना बनाउँछन् । तर, कैयौँका योजना असफल पनि हुन्छन् । अल्छीपन वा अन्य व्यस्तताका कारण पनि यस्तो हुन सक्छ । यद्यपि, फिट रहन मात्र नभई स्वस्थ रहनका लागि पनि शारीरिक व्यायामको जरुरत पर्छ । त्यसैले एक्सरसाइज गर्नुअघि यस्ता कुरामा ध्यान दिन जरुरी हुन्छ

फिटनेस योजना

मानिस त्यसै फिट रहँदैन । यसका लागि फिटनेस प्लान बनाई त्यसलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आवश्यक हुन्छ । हप्तामा दुई दिन घन्टौँ व्यायाम गर्ने, तर अरू दिन नगर्दा त्यसले फाइदाभन्दा बढी हानि पु(याउन सक्छ । यद्यपि, हप्तामा पाँच दिन नियमित व्यायाम गर्दा भने राम्रै हुन्छ । फिटनेस प्लानको अर्को महत्वपूर्ण फाइदा भनेको यसले जीवनशैलीमा पनि सुधार ल्याउने काम गर्छ ।

लक्ष्यको निर्धारण

युवाहरू अलि बढी जिम जाने गर्छन् । कतिपय आफ्नो शरीरको आकार निर्धारण गर्न त कतिले मसल्सलाई अर्को रूप दिनका लागि जिम जाने गर्छन् ।

यद्यपि, युवा मात्र नभएर अरूले पनि जिम गएर आवश्यक व्यायाम गर्न सकिन्छ । तर, त्यसका लागि सुरुवाती समयमा उत्साहित भएर घन्टौँ व्यायाम गर्ने र अनि अल्छी गर्न थाल्ने गल्ती गर्नुहुँदैन । कतिपय त पछि जिम जानै छोड्छन् ।

योजना बनाएर यसअनुरूप व्यायाम गर्दा त्यसले शरीर र योजनामा सकरात्मक असर पार्छ । यस्तो योजनालाई निरन्तरता दिनुपर्छ । लक्ष्य राखेर गरेको व्यायामले शरीरमा पोजेटिभ फिलिङ ल्याउने पनि काम गर्छ ।

संकल्पबाट पछि नहट्ने

फिटनेसको विषयमा केही संकल्प गरी त्यसलाई पूरा गर्ने प्रयास गरेमा त्यसलाई परिणाममुखी बनाउन सकिन्छ । तर, संकल्प गर्ने र व्यवहारमा त्यसबाट पछि हटेमा नकारात्मक असर पर्न जान्छ । त्यसैले फिट रहन चाहनेले संकल्पबाटपछि हट्नुहुँदैन । संकल्पलाई सही ढंगले पालना गर्नका लागि डाइट प्लान पनि गर्न सकिन्छ ।

खानामा सजगता

कतिपयले भोकै बस्दा तौल कम हुन्छ भन्ने कुरामा विश्वास गर्छन्, जुन गलत हो । यस्तो बानीले त शरीरलाई खराब असर पर्न जान्छ । झन् मोटाउने समस्या हुन्छ ।

स्वस्थ र निरोगी रहनका लागि चिल्लोमुक्त र फाइबरयुक्त खाना खाँदा राम्रो हुन्छ । त्यसैले फिटनेससम्बन्धी धारणाबारे राम्रोसँग विचार गर्न आवश्यक छ ।

छोटो अवधिमा खाना

एकैपटकमा ठूलो मात्रामा खाँदा स्वास्थ्यमा असर पर्न जान्छ । त्यसैले छोटो अवधिमा थोरै–थोरै खानुपर्छ । यसो गर्दा तौल मेन्टेन गर्न पनि सहयोग पुग्छ । र, पाचन प्रक्रिया पनि चुस्त रहन्छ । यसो गर्दा फिट रहन पनि सहयोग पुग्छ ।





error: Content is protected !!