डोल्पालीको सडक सपना साकार पार्न अन्तिम भिर छिचोल्दै सेना, दुनै सडक संञ्जालमा जोडिन पाँचसय मिटर बाँकी

त्रिपुराकोट(डोल्पा) निर्माणकार्य तीब्र / बिकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण तीब्र पारिएको छ ।
अहिले खदाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीब्रता दिईएको सेनाले जनाएको छ ,
सेनाले जिम्मा लिएको उक्त सडकखण्ड अन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बिचमापर्ने दर्जनौ भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाईएको छ ।
कुल लम्बाई ११७ दशमलव ७ किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जीरो पोईन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माणकार्य थालनी गरिएको थियो ।
अन्तिम भिर तरपरेमा निर्माणकार्य
२०७३ साउनमा रुकुम–डोल्पा सिमानामा पर्ने त्रिब्रेणी बजारसम्म सडक निर्माण गरेर यातायात संञ्चालनमा ल्याईएपछि डोल्पा राष्ट्रिय सडकसंञ्जालमा जोडिएको थियो ।
डोल्पा दुनैलाई सडकसंञ्जालमा जोड्ने अन्तिम भिरको रुपमा त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ ।
खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर,श्रीबिण्डे भिर,फोई भिर लगाएतका दर्जनौ बिशाल भिरहरुको निर्माण कार्य सम्पन्न गरेर अन्तिम भिरको रुपमा तरपरे भिर निर्माण भईरहेको छ ।
तरपरे भिर निर्माणहुने बित्तिकै डोल्पा दुनै राष्ट्रिय सडकसंञ्जालमा जोडिने सृेनाले जनाएको छ ।
चरा बस्न नसक्ने भिरपनि छिचोलियो
“सानोतिने प्रयासले जाजरकोट देखि डोल्पासम्मको सडक निर्माणकार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन्”जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले भने ।
“जाजरकोट देखि डोल्पा जोड्ने सडक निर्माणको जिम्मा लिनु सेना स्वयमंकोलागि चुनौतीको बिषय थियो,तर विभिन्न चुनौतीका बाबजुत पनि निर्माणकार्य अन्तिम चरण पु¥याएको छ अब डोल्पालीको सपना साकार भईसकेको छ”उनले भने ।
“सडक निर्माणको क्रममा मनमई भिर ,काला पहाड,तल्नु भिर कुच्ची भिर,चिप्ले भिर,एैरी बथान भिर,फोई भिर जस्ता चरा समेत बस्न कठिनहुने भिर समेत छिचोल्दै सेना अगाडी बडेको उनले बताए ।
डोल्पासम्म सडक पु¥याउनकालागि ज्यानको बाजी लगाएर सेना कामदारले काम गरिरहेको उनले बताए ।
पाँचसय मिटर निर्माणबाँकी,दशैँ भित्रै दुनैसम्म राष्ट्रिय सडक
“अब डोल्पाली जनाता सडक सपना नजिक छन्,जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भिरको रुपमा तरपरे भिरमात्रै बाँकी कार्यदल प्रमुख पहाडीले भने ।
“डोल्पालीका दुखका दिनगए,डोल्पालीको पुस्तौँ देखिको सपना साकार पार्न सेना थाकेको छैन् ”उनले भने ।
“अब पाँचसय मीटरमात्रै सडक निर्माणगर्न बाँकी छ,दँशैभित्रै डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडकसञ्जालमा जोड्छौ” कर्णेल पहाडीले थपे ।
खदाङसम्म गाडी,सिउरेनीसम्म ट्रयाक्टर
सडक निर्माणसँगै त्रिपुरा सुन्दरी नगरपालिमा ५ मा पर्ने खदाङ हरियापानीसम्म जीप ट्रयाक्टर लगाएतका यातायात संञ्चालनमा ल्याईएको छ ।
गत चैत्र २५ गते पुर्व शान्ति मन्त्री सत्य पहाडीद्धारा रुकुमको त्रिबेणी बजार देखि –खदाङ हरियापानीसम्मको सडक उद्घाटन गर्दै यातायात संञ्चालनमा ल्याईएको हो ।
खदाङसम्म यातायात संञ्चालनमा ल्याईएपछि डोल्पाली जनताको जिल्ला बाहिरको यात्रा समेत छोटिएको छ ।सदरमुकाम दुनै देखि दुई दिनमै नेपालगञ्ज,सुर्खेत लगायतका सहरहरुमा पुगिन्छ ।
त्यतिमात्रै नभई खाद्यान्न आपुर्तीमा पनि सहज भएको डोल्पालीले बताएकाछन् ।बर्षौ देखि आफै बोकेर र खच्चडको भरमा धानिएको डोल्पामा खाद्यान्नको मुल्यपनि घटेकाले सर्वसाधारण खुशी छन् ।
अहिले रुकुमको गोतामकोट देखि हरीयापानी बजारसम्म गाडी गुड्छन् भने खदाङदेखि सिउरेनी बजारसम्म ट्रयाक्टर संञ्चालनमा ल्याईएको छ ।
सडक निर्माण सामाग्रीहरु ओसारपसार गर्नकोलागि आफ्नै ट्रयाक्टर संञ्चालनमा ल्याईएको सेनाले जनाएको छ ।
दैनिक तीनसय कामदार काममा,दुई ठाँउमा सैनिक निर्माण बेश
खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीब्र पारिएपछि दैनिक तीनसय कामदारले काम गरिरहेका छन् ।
अप्ठेरा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भईरहेको छसेनाले जनाएको छ ।
सडक निर्माणकै लागी खदाङ र धाउने गरेर दुई ठाँउमा नेपाली सेनाको निर्माणबेश टोली राखिएको छ ।
दैनिक चार–पाँच ठाँउमा ब्लास्टिङ गरिने र खदाङ–त्रिपुराकोट खण्ड निर्माणकालागि दुईवटा डोजर लगाईएको सेनाले जनाएको छ ।
स्थानीय खुशीले दंग
डोल्पा दुनै मोटर पु¥याउने सडक निर्माणकार्य अन्तिम चरणमा पुगेपछि डोल्पाली खुशीेले दंग छन् ।
सुर्खेत,नेपालगञ्ज,काठमान्डौ पुग्न सल्यानको सल्लीबजार सुर्खेत छिन्चुबाटै पैदल हिँडेका मान्छेहरु घर छोडेको तिन घण्टामै मोटर चढ्न पाँउदा खुशीले दंग परेकाहुन् ।
“एक महिना हिँडेर काठमान्डौ पुगेको मैँ हु,त्यतिखेर घरबाट हिनेपछि सकुल ज्यान फर्किन्छ कि उतै रहन्छ पत्तो हँुँदैन थियो” त्रिपुरा सुन्दरी नगरपालिका १ का ८० बर्षिया बयोबृद्ध रबी प्रसाद न्यौपानेले भने ।
“नुन चामलकालागि पनि हप्तौँ हिँडेर रुकुमको राडी,चौरजारी सल्यानको सल्लीबजारसम्म पुग्नुपथ्र्यो” उनले बिगत सम्झे ।
“अहिले डोल्पा दुनैसम्म मोटरबाटो आउन पाँचसय मिटर मात्रै बाँकी छ भन्छन्,सबैभन्दा ठुलो बिकास मोटरबाटो आउनु रहेछ,गाडी पुग्यो भने सबै कुराको सहज हुन्छ उनले थपे”।
अब दशैँ भित्रै मोटरपुग्ने भएपछि त्रिपुरा सुन्दरी नगरपालिका १ का तुल बहादुर बोहोरा पनि खुशीले दंगछन् ।
गाडी पुगेपछि आवत जावत सहजको कुरा त छँदैछ बजार नपाएर त्यसै खेर गईरहेका स्याउ,ओखर लगाएतका फलफुल जडीबुटीहरुले बजार पाउने उनले बताए ।रामचन्द्र न्यौपाने





error: Content is protected !!