बिश्वमै लोपोन्मुख सेतो गिद्धको गुढ बारेकोटमा

जाजरकोट ः बिश्वमै दुलर्भ तथा लोपोन्मुख अबस्थामा पुगेको सेतो गिद्धको गुढ जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । बिश्वकै लोभउन्मुख सुनगिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवा जस्ता पन्क्षीहरुको बासस्थानमा जाजरकोट सुचीकृत हुदै गईरहेको छ ।
गतबर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गुढ लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएबो ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुढ सारेको पन्क्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए । समुन्द्री सतह देखि ७ सय मिटरको उचाईमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुढमा सेतो गिद्धले गतबर्ष नै अण्डा पारेर एक बच्चा कोरल्न सफल भएको थियो सिंहले भने्–‘उक्त सेतो गिद्धले यो बर्ष पनि सोही ठाउँमा गुढ लगाएर अहिले अण्डा कोरली रहेको छ ।’
अनुसनधानकर्ता सिंहले यसबर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गुढ बारेकोट गाउँपालिका–९ सक्ला र काप्तीको बिचमा रहेको जंगलमा फेला पारेका छन् । उक्त जंगलमा रहेको सेतो गिद्धको गुढ समुन्द्री सतहवाट १५ सय १४ मिटरको उचाईमा रहेको छ । ७ सय मिटरको उचाईमा गुढ भएको सेतो गिद्ध भन्दा १५ सय १४ मिटरको उचाईमा गुढ भएको सेतो गिद्ध निकै सक्रिए भएको अनुसन्धानकर्ता गाविन्द सिंहको भनाई रहेको छ । उक्त जंगलमा गुढ भएको सेतो गिद्धले हिजो आज भन्दा पहिले नै गुढको अण्डा कोरल्नुको साथै बच्चा उदाई सकेको उनले जानकारी दिए ।
सबैभन्दा अग्लो ठाउँमा भेटियो मलाहा हुँचीलको गुढ
सबैभन्दा अग्लो ठाउँमा मलाहा हुँचीलको गुढ पनि नेपालमै पहिलो पटक जाजरकोटको बारेकोटमा फेला परेको छ । समुन्द्री सहत देखि १४ सय मिटरको उचाईमा मलाहा हुँचीलको गुढ फेला परेपछि नेपालमै लाटोकोसेरोको नौलो अभिलेखिकरण भएको छ ।
बारेकोट गाउँपालिका–९ सक्लामा फेला परेको गुढमा मलाहा हुँचीलले अण्डा कोरलेर २ वटा बच्चा उदाई सकेको पन्क्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए । उनले दिएको जानकारी अनुसार हुँचील बिज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुँचीलको गुढ नै सबै भन्दा अग्लो गाउँमा रहेको गुढ भएको प्रमाणित गरिसकेका छन् ।










