व्यायामबाट मस्तिष्कमा कस्तो प्रभाव

व्यायामलाई मानिसले जीवनशैलीको एउटा अंग बनाउन आवश्यक छ । व्यायामले शरीरलाई फिट मात्र गराउँदैन, मानसिक स्वास्थ्यका लागि पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । 
रेगुलर एक्सरसाइजले मस्तिष्कमा प्रभाव
अहिले मानिसको जीवनशैली एकदमै व्यस्त छ । त्यसैले प्रायले व्यायाम गरेको पाइँदैन । यसले सबैभन्दा ठूलो असर निद्रामा पार्छ । हामी दिनभर काम गर्दा मस्तिष्क थाकिरहेको हुन्छ । यस्तो अवस्थामा कुनै शारीरिक क्रियाकलाप नगर्दा स्टोमेनिया, स्लिप डिसअर्डरलगायतका समस्या निम्तिन्छन् ।
व्यायामको अर्को महत्वपूर्ण काम भनेको मुडमा परिवर्तन हो । व्यायामले मुडलाई ब्यालेन्स गर्ने काम गर्छ । जसले मानिसमा हुने तनाव कम गर्न भूमिका खेल्छ ।
योजना बनाई नियमित व्यायाम गर्दा मानिस खुसी हुन पनि सहयोग पुग्छ ।
व्यायामले सेन्स अफ कन्ट्रोलमा ठूलो भूमिका निर्वाह गर्छ । यसले शरीर र सेन्स दुवैलाई नियन्त्रणमा राख्ने काम गर्छ ।
व्यायामले निर्णय लिने क्षमतामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ, जसलाई हामी कोपिङ भन्छौँ । यसले हरेक परिस्थितिसँग जुध्ने क्षमता पनि प्रदान गर्छ ।
मानिसले कुनै न कुनै लक्ष्यप्राप्तिका लागि काम गरिरहेको हुन्छ । नियमित व्यायामले लक्ष्यप्राप्तिमा पनि अहं भूमिका खेल्छ । खासगरी अस्वस्थकर जीवनशैली, अल्छीपना, ढिलो सुत्नेरउठ्ने खालको देनिकी भएका मानिस र नियमित व्यायाम गर्ने मानिसको सोचाइमै फरक पर्न जान्छ ।
कतिपय मानिसमा अत्यन्तै क्षमता भए पनि सामाजिक हुन भने सकिरहेका हुँदैनन् । जसले जुनकुनै पेसामा पनि असर पु¥याउन सक्छ । । खासगरी एरोबिक, जिम, डान्स वा जेसुकै गर्दा होस्, यसले मानिसलाई बिस्तारै सामाजिक रूपमा घुलमेल हुन सहयोग पु(याउँछ ।
व्यायामले मसल्समा भएका टेन्सनलाई रिड्युस गरेर रिल्याक्स बनाउन सघाउ पु(याउँछ । जसले गर्दा एक्सरसाइजले सकारात्मक सोचाइको विकास हुन्छ ।
व्यायामपछि यस्ता हर्मोन
मस्तिष्कले फरक–फरक अवस्थामा फरक–फरक खालकै हर्मोल रिलिज गर्छ । जस्तो कि खुसी हुँदा, दुःखी हुँदा, उत्साहित हुँदा त्यही प्रकारका हर्मोन रिलिज गर्छ । नियमित व्यायाम गर्ने मानिसको मस्तिष्कले सेरोटोनिम, इन्ड्रोफिन, सेन्ड्रोफिनजस्ता हर्मोनको बढी उत्पादन गर्छ । जसले मानिसलाई पोजेटिभ र रिल्याक्स रहन सहयोग पु(याउने गर्छ ।
त्यस्तै, शरीरलाई मस्तिष्कले नै सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कले उत्पादन गर्ने हर्मोनअनुसार शरीरले प्रतिक्रिया जनाउँछ । त्यसैले मानसिक रूपमा पनि स्वस्थ रहन नियमित व्यायामको आवश्यकता पर्छ ।
कस्तो व्यायाम गर्ने
मस्तिष्ककै लागि भनेर ठ्याक्कै त्यस्तो व्यायाम त त्यति धेरै छैनन् । तर, सामान्यतया योगा, हिँडाइ, डान्स, जिम या अन्य व्यायाम गर्न सकिन्छ ।
हामीले सकेसम्म हेभी एक्सरसाइज गर्नुहुँदैन । मध्यम खालको एक्सरसाइजले नै बढी फाइदा गर्छ । शरीरको अवस्था हेरी हिँडाइको एक्सरसाइज गर्नुपर्छ । सकेसम्म बिस्तारै हिँड्ने एक्सरसाइज गर्दा राम्रो हुन्छ ।
पौडी सबैभन्दा उत्तम व्यायाम हो । यसले शरीरका हरेक सूक्ष्म अंगहरूलाई पनि फाइदा पुग्ने गर्छ । त्यसैले यसो गर्दा निकै राम्रो हुन्छ । हप्ताको एक दिन स्विमिङ गर्दा हुन्छ ।
व्यायामको अर्को पाटो आराम पनि हो । हामीले हेभी एक्सरसाइज ग(यौँ वा काम ग(यौँ, तर आराम गरेनौँ भने त्यसले मस्तिष्कमा नकारात्मक असर पुग्छ ।
व्यायाममा प्राणायाम निकै उपयुक्त हुन्छ । यसले ब्रेनमा सकारात्मक प्रभाव पार्छ । प्राणायामले ब्रेनको एन्टिअक्सिडेन्टमा ठूलो भूमिका निर्वाह गर्छ ।










