जनताबाट अस्विकृत भएकाहरुले चुरीफुरी गर्न सुहाउदैन ः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्विकृतहरुले चुरीफुरी उपयुक्त नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकलाई शुक्रवार बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिएका छन् । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुप¥यो’ प्रधानमन्त्रीओलीले भने ‘शिर्ष नेताहरुले सरकार,नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’
संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने बताए । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताए । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्रीबनाउन अधिकार दिएको छ’ प्रधानमन्त्री ओलीले भने ‘त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।’
वर्तमान सरकार थपना नभएकोले सक्रियतापूर्वक काम गर्ने बताए । ‘यस सरकारलाई असफल हुने छुट छैन’ प्रधानमन्त्री ओलीले भने ‘यसलाई असफल हुन पनि दिइदैन ।’वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्रीओलीले भन्नुभयो ‘कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले डा।गोविन्द केसीको अनसन तोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताए ।










