पत्रकार दाहालको चेलीको मर्म तिज सार्वजनिक

ज्ञानु गौतम रुकुम
नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजमा प्राय महिलाहरुको बेदना समेटेर बनाइएका गितहरु आजभोली कमै मात्रामा सुनिन्छन । तर चेलीको मर्म तिज गितमा स्थानीय मौलिक भाकालाई बढावा दिइएको छ । रुकुममा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनवीर दाहालको कहाँ छेउ मेरी सानु, तिजमा पनि देख्न पाइन कहाँ छेउ मेरी सानु, तिम्रो माया अजम्बरी मैले कसलाई भनुँ” यस्तै शब्द रहेको चेलीको मर्म तिज गित सार्वजनिक भएको छ ।

नेपाली हिन्दु महिलाहरुको महान चाड तिज नजिकिंदै गर्दा वर्षदिनमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई समेटेर चेलीको मर्म नामक तिज गीत सार्वजनिक भएको हो । चेलीको मर्म नामक गीतको लय शब्द पत्रकार धनवीर दाहालले गर्नुभएको छ । यो गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक अमित बाबु रोकायको आवाज रहेको छ ।

विक्रम चौहानको निर्देशनमा तयार पारिएको उक्त गीतको भिडियोमा बिमल अधिकारी र टिका जैसीको अभिनय रहेको छ । मायाको राजधानी, हामी सबै नेपाली, सिंगारु तथा नयाँ नेपाल लगाएतका चर्चित गित लेखन समेत गरेका पत्रकार एवं सर्जक दाहालले यस पटकको तिज गितले नेपाली चेलीहरुको मर्म समेटेको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!