हेलो मुख्यमन्त्री हटलाइन प्रश्न ः मेरी श्रीमतीले माइतबाट अंश पाउँछे कि पाउँदिन

सुर्खेत ः एक महिना अवधिमा कर्णाली प्रदेशको हेलो मुख्यमन्त्रीु हटलाइन सेवामा नागरिकका १३४ गुनासा तथा सल्लाह सुझाव आएका छन्। जेठ २४ गते शुरु भएको मुख्यमन्त्री हटलाइन सेवामा साउनको पहिलो हप्तासम्म १३४ वटा गुनासा र सल्लाह सुझाव आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नवराज बरालले जानकारी दिए।

गुनासा तथा सुझाव दिनेहरुमा नाबालक पनि छन्। सल्यानबाट बालक दिपक वलीले प्रदेश सरकारले बालविवाह रोक्न सरकार के गर्दैछरु भनेर सोधेको बरालले जानकारी दिए। सबैभन्दा बढी गुनासा विश्वकप फुटबलका वेला बत्ती कति बेला आउँछरु र किन आएन रुभनेर आएका थिए। त्यसैगरी सवारी साधन चलाउने लाइसेन्स कहिले खुल्छरु छिटो खोलिदिनु पर्‍यो भनेर गुनासा आएका छन्। सुर्खेतको बसपार्क कहिले बन्छरु स्थानीय निकायमा कर्मचारी भर्ना कहिले खुल्छ, छिटो गर्नु पर्‍यो। कर्मचारीसमस्या भयो भनेर पनि हटलाइन सेवामा फोन आउने गरेका छन्। यसैगरी ुमाइतकी एकमात्र छोरी, मेरी श्रीमतीले अंश पाउँछे की पाउँदिनरुु भनेर पनि फोन आएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता बरालले जानकारी दिए।पूर्वजनमुक्ति सेनाका पनि मुख्यमन्त्री हटलाइन सेवामा फोन आउने गरेका छन्।

‘अयोग्य लडाकु भनेर सेवा सुविधाबाट वञ्चित भएको, अपा‌ंग भएको, काम गरेर खान सक्ने अवस्था नभएकाले सेवा सुविधाका लागि पहल गरिदिन आग्रह गरिएका फोन पनि आएका छन्’, बरालले भने। कोही कोहीले फोन उठ्छ कि उठ्दैन भनेर विचार गर्नका लागि र केहीले मुख्यमन्त्रीसँग फोन हुन्छ कि भनेर सोध्न पनि फोन गर्ने गरेका छन्। हेलो मुख्यमन्त्री हटलाइन बिहान ८ देखि बेलुकी ८ बजे सम्म खुल्ने गरेको छ। यसका लागि चार कर्मचारीलाई पालैपालो नागरिकका गुनासा सुन्न र टिपोट गर्नका लागि खटाइएको छ। नागरिकले गरेका गुनासा र सुझाव सम्बन्धित मन्त्रालय र निकायलाई जानकारी गराई समस्या समाधानका लागि निर्देशन दिने गरेको उनले जनाकारी दिए। हेल्लो मुख्यमन्त्री हटलाइन सेवा नागरिककमा गुनासा तथा सुझाव संकलनका लागि प्रभावकारी भएको बरालको भनाइ छ।





error: Content is protected !!