आफ्नै बोलीले फसे कानुनमन्त्री, आज राजीनामा

gjlgo’Qm sfg’g, Gofo tyf ;+;bLo dfldnfdGqL tfdfª kb axfnL
gjlgo’Qm sfg’g, Gofo tyf ;+;bLo dfldnfdGqL z]/axfb’/ tfdfª z’qmaf/ l;+xb/af/l:Yft dGqfnodf kbafxfnL ub}{ . tl:j/M sflnsf v8sf, /f;;

काठमाडौं ः बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुमन्त्री शेरबहादुर तामाङको मन्त्री पद नरहने भएको छ ।

 

नेपाल कम्युनिस्ट पार्टी नेकपाले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने सम्भावना छ । उद्यपी उनी आज दिउँसो मन्त्रालय जानेछन् र त्यसपछि मात्र राजीनामाबारे निर्णय लिने छन् ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

यद्यपि उनले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी पनि मागेका छन् । तर, उनीमाथि नैतिक प्रश्न उठिरहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेपछि उनको राजीनामाको विकल्प अगाडि आएको हो ।

हिजोमात्रै काँग्रेस नेता डा शेखर कोईरालाले कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।

कानुनमन्त्री तामाङले नेपाली चेलिहरूको अस्मितामाथि अत्यन्तै आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै उनलाई पदमा बसिरहने कुनै नैतिकता नभएको नेता कोइरालाको भनाई थियो ।

खासमा कानुनमन्त्रीले भनेका चाहिँ के थिए

शनिबार एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिएका छन् ।

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिने कार्यक्रममा उनीहरूलाई नेपालमै पढ्न आग्रह गर्दै मेडिकल कलेजहरू अझै खुल्नुपर्ने पनि बताएका थिए ।

उनको अभिव्यक्तिको केही अंश यस्तो छ

‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा ।’

उनी अगाडि भन्छन्, ‘उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।’

उनी अझ आक्रोश थप्दै भन्छन्, ‘के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई रु त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा रु तर हामी मान्छेलाई पढाएका छैनाँै । अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।’

कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति आउनु केही दिन अगाडि मात्रै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंको यही प्रकृतिको अभिव्यक्ति पनि आएको थियो ।

प्रसाईंले पनि बङ्गलादेशका प्रोफेसरहरूले नेपाली चेलीहरूलाई करणी गरिरहेको अभिव्यक्ति दिएका थिए ।

प्रसाईंले भनेका थिए,
‘आज म तपाईंहरूलाई एउटा कुरा भन्छु, त्यो पनि लेख्नुस् । बङ्गलादेश पढ्न गएका हाम्रा चेलीहरू किन अरू केटाहरूले ५ वर्षमा एमबीबीएस पास गरेर आउँछन्, केटीहरू किन ९ वर्षसम्म पनि आउँदैनन् । त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका छन्, त्यहाँका केटीहरूलाई ।’

पछि प्रसाईंले पनि आफ्नो मनसाय कसैको आस्थामा चोट पुर्राउने नरहेको भन्दै माफी मागेका थिए ।

डिस्कभरी न्यू नेटवर्क





error: Content is protected !!