निषेधीत क्षेत्रमा तरुणदलको प्रदर्शन

जाजरकोट ः नेपाल दरुणदल जाजरकोटले आइतवार निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । तरुणदलले शनिवार माइतीघरमा भएको धरपकडको विरुद्ध जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको हो ।
तरुणदलले वली सरकारको अलोकतान्त्रिक शैली विरुद्ध प्रर्दशन र धर्ना कार्यक्रम गरेको छ । तरुण दलका अध्यक्ष हरिचन्द्र बस्नेतको नेतृत्वमा रहेको कार्यकर्ताले प्राध्यापक डा।गोविन्द केसीको समर्थनमा खलंगाको गैरीखालीबाट नारा जुलुश गर्दै प्रशासनमा धर्ना दिएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयको मुलद्वार प्रवेशमा रोक लगाए पनि तरुण दलका कार्यकर्ता जबरजस्ती भित्र छिरेर प्रर्दशनमा उत्रनुका साथै धर्ना दिएका थिए ।
तरुणदलका अध्यक्ष बस्नेतले वली सरकारको अलोकतान्त्रिक गतिविधी विरुद्ध र लोकतन्त्रको रक्षाको लागि हजारांै तरुणलाई आन्दोलनमा उतारेर ज्यानको बाजी लाउन तयार भएको बताए । उनले धर्ना कार्यक्रममा बोल्दै डा। गोविन्द केसीको जीवन रक्षाको माग गरे । बस्नेतले वली सरकारलाई तानाशाही नबनी डा।केसीको माग तत्काल सम्बोधन गर्न चेतावनी समेत दिए ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं ३० अनुसार जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगा भित्रका तल्लो थाप्ले, ठा“टीवजार र गैरीखाली बाहेकका स्थानमा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न रोक लगाएको थियो । तोकेका स्थान बाहेक अन्य स्थानमा आमसभा, हट्ताल, प्रर्दशन, जुलुस लगाएत कार्यक्रम गर्न नपाईने गरी निषेधीत क्षेत्र घोषणा गरेपनि तरुण दलका कार्यकर्ताले भने, प्रशासन कार्यालय परिसरमै सरकार विरुद्ध प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको स्थानीय हरिजंग शाहले बताए ।
यसै विच नेपाली का“ग्रेस जाजरकोटले शान्तिपुर्ण तवरले आमसभा, प्रर्दशन, जुलुस लगाएत कार्यक्रम गर्न नपाईने गरी निषेधीत क्षेत्र तोक्ने गृह प्रशासनको निर्णयको भत्सर्ना गरेको छ । का“ग्रेसले निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गर्दै एक विज्ञप्ति समेत जारी गरेको छ ।










