बलिउड स्टार जसलाई श्रीमतीले माफ गरिन्

एजेन्सी ः बलिउडमा अफेयर र ब्रेकअपको खबर आउनु आश्चर्यको कुरा होइन । तर, बिहेपछि पनि अन्य महिलासँग सम्बन्धमा रहेका कारण अभिनेताहरूले ठूलो मूल्य चुकाउनुपरेका घटना छन् । यस्तैमा केही भाग्यमानी अभिनेता पनि छन्, जसको बिहेपछि दोस्रो महिलासँग सम्बन्धमा रहेर पनि श्रीमतीले भूल सुधार्ने मौका दिएका कारण पारीवारिक जीवन भत्किनबाट जोगियो ।

अमिताभ बच्चन

बलिउडका महानायक मानिने अमिताभ बच्चन र रेखाको चर्चा अझै पनि हुने गरेको छ । तर, अभिनेत्री जयासँग बिहे गरेपछि पनि अमिताभ र रेखाको अफेयरले चरम रूप लिन लागेको थियो । दुवैको प्रेम सम्बन्ध थियो । तर, पछि जयाले अमिताभलाई माफ गरिन् र उनलाई गल्ती सुधार्ने मौका दिएकी थिइन् ।

गोविन्दा

यस मामलामा पहिलो नम्बरमा सुरपस्टार गोविन्दाको नाम आउँछ । फिल्म ‘हद कर दी आपने’को सुटिङको दौरान गोविन्दा र रानी मुखर्जी प्रेम सम्बन्धका कारण चर्चामा आएका थिए । अभिनेता गोविन्दाले पनि रानीसँग प्रेम सम्बन्ध रहेको कुरा स्विकारेका थिए । तर, यो थाहा पाएर पनि गोविन्दाकी पत्नी सुनिताले भूल सुधार्ने मौका दिएकी थिइन् ।

अक्षयकुमार

यस लिस्टमा सुपरस्टार अक्षयकुमार पनि सामेल छन् । ट्विंकल खन्नासँग बिहे भइसकेपछि पनि उनको नाम अभिनेत्री प्रियंका चोपडासँग जोडिएको थियो । अक्षय र प्रियंकाबारे ट्विंकलले थाहा पाएपछि अक्षयलाई चेतावनी दिएकी थिइन् कि उनले प्रियंकाको साथमा कुनै पनि फिल्म साइन गर्ने छैनन् ।

शाहरुख खान

बिहेपछि अफेर चलाउनेमा किङ खान अर्थात् शाहरुख खान पनि जोडिन्छन् । फिल्म ‘डन’को सुटिङका क्रममा अभिनेत्री प्रियंका चोपडा र शाहरुख खान नजिकिएका थिए ।

तर, त्यतिवेला शाहरुखकी श्रीमती गौरी खानले चेतावनी दिइन् कि यदि प्रियंका शाहरुखबाट अलग भइनन् भने उनले ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यसपछि प्रियंका शाहरुखबाट अलग भइन् । शाहरुख खानलाई पनि गौरीले गल्ती सुधार्ने अवसर दिइन् ।





error: Content is protected !!