पहिरोले घर पुर्दा घाइते भएका वुढा परिवारको दुई दिन पछि उपचार सुरु

जाजरकोट (रासस) । पहिरोले घर पुर्दा विहिबार राती जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कका एकै घरका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचार सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतका अनुसार पहिरोमा घाइते भएका घरमुली भक्तबहादुर बुढा उनकै नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा लाई उपचार उपचार सुरु गरिएको हो । डा.राजेन्द्र लामाका अनुसार घरमुलि भक्त बहादुर बुढाको छाति,खुटाको दाहिने तिख्रामा समस्य देखिएको छ । वुढाकी श्रीमती र नातिनीको घटना स्थलमै मृत्यू भईसकेको छ ।
हेमन्त के सी ———




सम्बन्धित समाचार


error: Content is protected !!