नुहाउने क्रममा १० वर्षीय बालीका सेती नदीमा बगेर बेपत्ता

टेकेन्द्र बोहरा
साउन ५, बझाङ  सेती नदीमा नुहाउने क्रममा १० बर्षिया सुस्मीता ओली बगेर बेपत्ता भएकी छन । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ दौला घर भएकी दश बर्षिया ओली शनिबार दिउसो डुङ्गी खोलको धौलाबगरमा नुहाउने क्रममा बगेर बेपत्ता भएकोे जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
दश बर्षिया ओली बोडीङ् स्कुल पढ्नका लागी भन्दै लामो समय देखी मामाघर जयपृथ्वी नगरपालिकाको डुङ्री बस्दै आउनु भएको थियो ।
बेपत्ता ओलीको खोजी कार्य जिल्ला प्रहरी कार्यलय र स्थानीय बासिन्दाहरुले गरी रहेका छन् । बेपत्ता बालीका कक्षा युकेजीमा अध्यानरत हुनु हुन्थ्यो ।
संगैका साथीहरु संग नुहाउने क्रममा सेती नदीमा बगेर बेपत्ता भए पछी स साना बालबालीकाहरुले आफन्तहरुलाई खबर गरेका थिए ।
ओलीका बुबा शुरेश ओली र आमा ललीता ओलीलाई समेत खबर भै सकेको छ । उहाँका आफन्तहरुले सेती नदीमा खोजी कार्यजारी राखेका छन् ।
सेती नदीमा पानीको सतह बढी भएका कारण र धमीलो पानी भएका कारण खोज्न अली समस्या भएको स्थानीयले बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!