जुम्ला अस्पताल तोडफोडमा डा केसीकै समर्थन गर्ने समुह संलग्न भएको खुलासा भिडियोले खोल्यो सवै पोल भिडियो सहित

काठमाडौं, जुम्लामा अनसनरत गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेको कुरा अहिले खुब चर्चाको विषय बनेको छ । केसी पक्षकाले नेपाल प्रहरीले अस्पताल भित्र पसेर तोडफोड गरेको भन्ने आरोप लगाएका छन् भने अर्को पक्षले त्यसलाई अस्विकार गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई मान्ने हो र भिडियो हेर्ने हो भनेपनि केसीले अब म काठमाडौं जान्छु भनेको अवस्थामा केहीले मुख्यमन्त्री सहितको टोलीलाई केसीसग भेटवार्ता गर्न दिएनन् । केसी काठमाडौं जान्छु भन्ने अवस्था पुगिसकेका बेला पनि सरकारी टोलीले भेट्न नपाउनु दुखद भएको सरकारी पक्षको भनाई छ ।

यसैविच, अस्पतालमा तोडफोड भएको, प्रहरीले प्रहरी कै गोली हानी हत्या गरेको समाचार सामाजिक संजालमा अफवाह फैलाउन सफल केही तत्वहरुले यसलाई खुब जोडतोडका साथ प्रस्तुत गरे । यसैक्रममा अस्पतालमा तोडफोडको एउटा भिडियो सार्वजनिक भएको छ । जहा केही विद्यार्थी अस्पतालका कुर्चि माथिल्लो तलाबाट धमाधम प्रहरीको भिडमा फाल्दैछन् । प्रहरीमाथि कुर्चि प्रहार भएको भिडियो तपाई आफै हेर्नुहोस् र आफै तोडफोड कसले गरेछ बुझ्नुहोस् ।





error: Content is protected !!