पत्रकार गौतम कदरपत्र सहित पुरस्कृत

जाजरकोट — प्रेस सेन्टर रुकुमका अपाध्यक्ष हरी गौतम पुरस्कृत भएका छन् । राष्ट्रिय महिला आयोगले महिला हिंसाविरुद्ध, महिला सशक्तिकरण, विकास तथा लैङ्गिक समानताको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै कान्तिपुर दैनिकका रुकुम संवाददाता समेत रहेका गौतम लाई कदरपत्रसहित नगद १५ हजारले पुरस्कृत गरेको हो ।

शुक्रबार राष्ट्रिय महिला आयोगमा आयोजित एक कार्यक्रममा गौतमलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगरले पुरस्कृत गरेकी हुन् । राष्ट्रिय महिला आयोगले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार यो वर्ष कान्तिपुरकर्मी गौतम र नयाँ पत्रिका दैनिककी फोटो पत्रकार चन्द्रकला क्षेत्रीले प्राप्त गरिन् ।

आयोगले हरेक वर्ष पत्रकारितामार्फत महिलाका समस्या पहिचान, महिलाका मुद्दा स्थापित गर्न, महिला सशक्तिकरण, लैङ्गिक समानता तथा हिंसाविरुद्ध कलम चलाउने एक जना पुरुष र एक जना महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । शुक्रबार महिलाको क्षेत्रमा काम गर्दै आएका सातवटै प्रदेशका एकरएक गैर सरकारी संस्थालाई पनि आयोगले सम्मान गरेको छ ।





error: Content is protected !!