कर्णालीका चार जिल्लाका ३०७ गाउँ असुरक्षित

जाजरकोट ः माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् ।

प्राकृतिक असुरक्षा
बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख कारण हुन् । कतिपय बस्ती भने उत्पादनको कमीका कारणले पनि सार्नुपर्ने अवस्था छ । सिमकोट तल्लो गाउँ हवाईजहाजको आवतजावत तथा पहिरोका कारणले असुरक्षित छ । सबैभन्दा धेरै बस्ती पहिरोका कारणले असुरिक्षत देखिएको अध्ययनमा संलग्न डा। दीपेन्द्र रोकायले जानकारी दिए ।

के हुन सक्छ विकल्प 
जोखिमपूर्ण बस्तीलाई स्थानान्तरण गर्नु नै सुरक्षित गर्ने प्रमुख उपाय रहेको अध्ययनको निष्कर्ष छ ।

एकीकृत बस्ती विकासको योजना आवश्यक देखिएको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

कर्णाली प्रदेश सरकारले पनि एकीकृत बस्तीको योजना भने ल्याएको छ । तर, विस्तृत छलफल भएको छैन । आयोगले तत्काल असुरक्षित बस्तीलाई स्थानान्तरण गर्न सकिने स्थानका पहिचान पनि गरेको छ । निजी क्षेत्रको पहल र सरकारी नीतिको नेतृत्वमा स्वायत्त मोडलका बस्ती विकास गर्नुपर्ने डा। रोकायको भनाइ छ ।

खर्च कति 
जोखिमपूर्ण वस्तीलाई सुरक्षित स्थानमा सार्ने भनिए पनि त्यसका लागि आर्थिक व्यवस्थापनबारे गम्भीर बहस भएको छैन । कर्णालीका ३०७ गाउँ स्थानान्तरण गर्नुपर्ने अवस्थामा एउटा गाउँ सार्न कति खर्च लाग्छ रु भन्नेमा अहिलेसम्म अध्ययन भएको छैन । आर्थिक पक्षमा अध्ययन नभएको आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

कुन जिल्लाका कति बस्ती असुरक्षित 

हुम्ला स् ७०

नाम्खा गाउँपालिका स् हेप्का, गारपारी, च्यादुक, केर्मी, चला, नेम, ह्याङसी, हल्जी

सिमकोट गाउँपालिका स् दोजाम–ठेहे, ठेहे, लाङदु, स्याप्न्या, हिल्दुम, सिमकोट तल्लो गाउँ, डाँडाफया, ग्वालेखोर, टुलिङ

खार्पुनाथ गाउँपालिका स् प्युस, तल्लो प्युस, गोप्का, चिसामुल, थाली, सेराडिल, कारङ, छिप्रा, मझा, लेख, नल्ला, खर्पेलगाउँ

सर्केगाड गाउँपालिका स् जैर माथिल्लो, जैर माझगाउँ, नात्ता, रिप, उनापानी, मुन्डी, गोठी, नाइकबाडा, भुवा, बराई, घिउसी, रोडिकोट ठूला गाउँ, पानीमूल, रादेउ गाउँ, इल्ला, स्याउलीखाल, फुचा

चंखेली गाउँपालिका स् रिमी, भिडगाउँ, कालमबाडा, तल्लो पाली, नेप्का, पुमा, मासीधारा, निमागाउँ, राँती

ताँजाकोट गाउँपालिका स् गल्लाबाडा, भदालदीप, ताँजा, थापागाउँ, चैतारी गाउँ, मासपुर

अदानचुली गाउँपालिका स् थापाबाडा, महतराबाडा, रोकाय गाउँ, ढकपी कुना, लौठी, बिगोठी, वारिगाउँ

मुगु 

मुगुम कार्मारोङ गाउँपालिका स् ओङरी, मांग्री, छाइल, चिमाथ

छायानाथ–रारा नगरपालिका स् गमगढी, माथितुम, इमा, सायाखोला, भामबाडा, ढुम, कोटिला, झ्यारी टोप्ला, ज्युला, गारपानी, कम्फा, भटडाँडी, मेलबाडा, तिर्प

सोरु गाउँपालिका स् रावलबाडा, जिमा, ख्याल्च, खनायाँ

खत्याड गाउँपालिका स् साटबाडा, नुवाघर, कर्मासी, गाँडेखोला, जम, केरई, पैखु, किटेनी, थारा, रिगा, ठामलेख, जामिर, रिगा, डुमान तलमाथि

जुम्ला  ८९

कनकासुन्दरी गाउँपालिका स् चौथा, बुलबुले, ग्वातीखोला, इपी रुघापानी, लदा, बोत्ता, लिपु, गोठेलबाडा, ढ्याम, लुम, जोडेलबाडा, बाड्कोट्याबाडा, ओखरपाटा, पियालचौर, बडुवालबाडावारि, बडुवालबाडा पारि, सिमपारी, गोठीज्युला, पाण्डुसेरा

सिँजा गाउँपालिका स् जोडु, भाटगाउँ

हिमा गाउँपालिका  बाँझागाडा, ठूला च्युडी, मर्ची

तिला गाउँपालिका  रारा, लर्मी, लिही, थापागाउँ, खोलीगाउँ, चुलाकोट, ढिमकोट, डुंग्री, सुडी, घोडे, पोखरी, घोडेसिम, तुही, पुरु, जुम्लाकोट, मालापानी, राँचा, तल्लोखोब्प्री, माथिल्लो खोब्प्री, ढिपु

तातोपानी गाउँपालिका स् बाइराँका, बाबिरा, जर्मी, लाछु, हाँकु, पाँडेबाडा, गिरीखोला, नियापानी, श्रीनगर, लाम्रा, राउतबाडा, खड्कबाडा, जेठीबाडा, धौलापानी, हियाखोला, सर्मी, सुर्की, पारिबाडा, डुंग्री, थराले, बुढाबाडा

चन्दनाथ नगरपालिका स् राना राउत, एयरपोर्ट, बुर्थबुडा, जाँतीभिर, रोकायाबाडा तलमाथि, साउखोला, तलिउम, श्रीढुस्का

गुठीचौर गाउँपालिका  मुने साँघु

पातारासी गाउँपालिका स् पेदे, धोपा, चौर, लुम, तिर्खु, लासीबजार, जप्ना, उर्थुचौतारा

कालिकोट १०८

कालिका गाउँपालिका स् तल्लो दलित टोल, छात्ती, साउबाडा, पर्जै, चौलागाईंबाडा, माथिल्लो हाउडी, कालेबाडा, समलागाउँ

पचालझरना गाउँपालिका स् दलित टोल, खार्दु, जारकोट, कुड, तालीभिर, मय, विषखेत
पातला गाउँपालिका स् राडुु, डोरी, तल्लो नेटा, सल्लीकोट, कुम, दुर्सी, बोक्चु, जिन्दर, तिब्गाड, मोहर, लखनबाडा, चुलाकोट, पारीखेत

माहावै गाउँपालिका स् कतमपुर, पदमघाट, सिमखेत, नकु, धामीबाडा, औलगेला, सइगेला, गणेशकोट, पान्तडी, कोटबाडा

तिलागुुफा गाउँपालिका स् डाँडाभिग्म, नाग्मा, चुलिकोट, फोइमडीपानी, फोइधराली, राँचुली, खल्ला, धनाडा, छाप्रे, ओखरभित्ता, लुब्र, रानावाडा, माजुवाडा

खाडाचक्र नगरपालिका स् पोरीपाली, सेरीघाट, दोहा, ओखलढुंगा, दाहा, बदालकोट

रास्कोट नगरपालिका स् न्यौपानेवाडा, चुडीमुल, पुछुडेवाडा, बुढीसैन, कुमलवाडा, स्युना, काप्रा, औल, सान्नीघाट, पुच्छेगाउँ, गैरागाउँ, बल्लेकाँध, बाखरकोट, पाटेडिल, बास्तोला, पालाँतीबाडा, बाइतीसिम

सान्नीत्रिवेणी गाउँपालिका लुसा, सेरीज्युला, रकु, लुइयाँटा, कयारी, उजेलगाउँ, तिकुवा, बालुपाटा, तिलखुरेनी, पोरीवन, धामीगाउँ

नरहरिनाथ गाउँपालिका स् धारी, बडेमला, चाखुडे, डाँडाखर्क, घट्टेखोला, घोडेसिल्ला, खातीरूपसा, भेडेखोला, खलाबाडा, तामाखोला, मास्कोट, थाइमाडु, खार, उच्छव गैराटोल, दुदुल्ली पाकर टोल, खाडीकोट, बड्डाखला लालु, वसन्तपुर, साँझपानी, सितला, घट्टखोला ।




सम्बन्धित समाचार


error: Content is protected !!