भेरी खवरका नरजन सहित क कसले पाए शिक्षा पुरस्कार

यस बर्षको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ल पुरस्कृत हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज आयोजित एक कार्यक्रममा ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गर्नुभएको हो ।
उहाँले पत्रकारले शिक्षाका क्षेत्रमा देखापरेका बढीभन्दा बढी विकृति विसंगति उठाउनुपर्नेमा जोड दिँदै यस्ता विसंगति हटाउन आफू लागिपर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालयका सचिव खगराज बरालले मन्त्रालय पत्रकारसँग मिलेर शिक्षाका समस्या समाधान गर्न अग्रसर भएकाले त्यस्ता समस्या उजागर गर्न आग्रह गर्नुभयोे ।
कार्यक्रममा मन्त्री पोखरेलले रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ आठ पत्रकारलाई प्रदान गर्नुभयो । सो पुरस्कार पाउनुुहुनेमा प्रदेश नं १ बाट निरोज कोइराला ‘रेडियो नेपाल हिमालय टाइम्स’ भोजपुर, प्रदेश नं २ बाट कृष्ण सिग्देल ‘राजधानी दैनिक(अनलाइन खबर’ बारा, प्रदेश नं ३ बाट चमारसिंह लामा ‘सामुदायिक सूचना नेटवर्क’ काभ्रेपलाञ्चोक हुनुहुन्छ ।
यसैगरी गण्डकी प्रदेशबाट पवन पौडेल ‘दमौली एफएम’ तनहुँ, प्रदेश नं ५ बाट पार्वती पाण्डे ‘बुद्धदर्पण दैनिक’ कपिलवस्तु,कर्णाली प्रदेशबाट मेघराज खड्का ‘कारोवार दैनिक’ रुकुम, प्रदेश नं ७ बाट गोकर्ण दयाल ‘गोरखापत्र दैनिक’ बैतडी तथा उपत्यका प्रदेशबाट चन्द्र बानियाँ ‘रेडियो नेपाल’ काठमाडौँ पनि सो पुरस्कार प्राप्त गर्नुभएको थियो ।
प्रत्येक प्रदेशबाट दुईजना पत्रकारले ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्नुभएको छ । रु १५ हजार राशिको उक्त लेखनवृत्ति प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ धनकुटा र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ सुनसरी प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ महोत्तरी र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ धनुषा, प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ दोलखा र मनोज थापा ‘अर्थ नेपाल डटकम’ नुवाकोट, गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ लमजुङ र छविलाल तिवारी ‘नागरिक दैनिक’ पर्वत, प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ प्यूठान र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ रुपन्देहीले पाउनुभएको हो ।
यसैगरी, कर्णाली प्रदेशबाट नरजन तामाङ ‘ भेरी खवर डट कम’ हुम्ला र गणेश विक ‘नागरिक दैनिक’ रुकुम, प्रदेश नं ७ बाट गगन ऐडी ‘नयाँपत्रिका दैनिक’ बाजुरा र जगदीश रोकाय ‘अन्नपूर्ण पोष्ट दैनिक’ बझाङ र उपत्यका प्रदेशबाट संयुक्तरूपमा नीता सापकोटा ‘नेपाल टेलिभिजन’ काठमाडौँ, केशव भुल ‘सिआइएन’ काठमाडौँ र रामु सापकोटा ‘हिमाल खबर पत्रिका’ ललितपुर लाई सो लेखनवृत्ति प्राप्त गर्नुभयो ।
यस्तै रु २० हजार राशिका ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदेश नं १ बाट ‘सामुदायिक रेडियो सोलु एफएम’ सोलुखुम्बु, प्रदेश नं २ बाट ‘रेडियो निजगढ’ बारा, प्रदेश नं ३ बाट ‘रेडियो तिनलाल’ रामेछाप०, गण्डकी प्रदेशबाट ‘मनास्लु एफएम’ गोरखा, प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ प्यूठान, कर्णाली प्रदेशबाट ‘चंखेली एफएम रेडियो’ कालीकोट, प्रदेश नं ७ बाट ‘सेती सामुदायिक एफएम’ बझाङ र उपत्यका प्रदेशबाट ‘रेडियो राजधानी’ काठमाडौँ लाई प्रदान गरिएको थियो ।
राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ काठमाडौँ र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ काठमाडौँ लाई प्रदान गरिएको थियो भने अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ‘एजुकेशन न्यूज नेपाल डटकम’लाई प्रदान गरिएको थियो ।
प्रत्येक वर्ष महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको बताउनुभयो ।










