रुकुम पश्चिममा बस दुर्घटना हुँदा एकको मृत्यु, १६ भन्दा बढी घाइते

ज्ञानु गौतम
रूकुम पश्चिम मा बस दुर्घटना भएको छ । ना ५ ख ६५१० नम्बरको बस मुसीकोट नगरपालिका १ सल्लेको मुलखोलामा तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परि एकको मृत्यु भएको छ भने १६ जना भन्दा बढी घाइते भएका छन् ।

सल्लेमा रहेको बसपार्कबाट मुलखोला धुन आउँदै गरेको बस दुर्घटना भएको प्रहरीको भनाई छ । मृतकको सनाखत हुन सकेको छैन भने घटनाको थप बिवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रहरी, नेपाली सेना र स्थानियले उद्घार गरिरहेका छन् । गाडिमा चढेका सबै यात्रु सल्लेबाट खलंगा जाँदै गरेको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!