बिपतबाट जोगीन डोल्पा प्रशासनको उच्च सतर्कता

दुनै(डोल्पा) देशभर भारि बर्षाले क्षति पु¥याई रहेको बेलामा जिल्ला प्रशासन डोल्पाले बाढि र बर्षाबाट उच्च सर्तक रहन जिल्लाका सबै नागरिकलाइ आग्रह गरेको छ ।
भौगोलिक रुपमा बिकट डोल्पामा पनि बर्षासंगै बाढि र पहिरो आउने गर्दछ ।कम्जोर जमिन र भिरालो पहाड भएको कारण पहिरोको उच्च जोखिमम रहेको सरोकारवालाको भनाई छ ।
सदरमुकाम दुनै लगायत नदिको किनारा क्षेत्र र पहिरोको जोखिम रहेका बस्तिहरुमा बसोवास गर्ने जिल्लाका नागरिकलाइ समयमै सुरक्षित क्षेत्रमा बसोवास गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
बर्षा र नदिको पानिको बहाब बढ्दो अबस्थामा रहेकोले हरेक नागरिकले आफना बालबच्चालाइ हिलो तथा नदि किनारमा जान नदिनुका साथै ठुला मान्छेहरु पनि दाउराको लागि भेरिमा नपस्न अनुरोध गर्दछौँ ।
जिल्लाका नागरिकले बिपत पूर्व सुचना तथा अबस्था वा सम्भावना बुझनको लागि जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रको फोन नम्बर ०८७–५५०१५४ र जिल्लामा घटना घटेको भए तत्तकाल जानकारी गराउन प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८३०७७७७ मा फोन गरि जानकारी गराउन जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।
त्यसका साथै बिपत पूर्व सुचना प्राप्त गर्न जलतथा मौसम बिभागको वेवसाइट ध्ध्ध्।जथमचययिनथ।नयख।लउ बाट जानकारी लिनुका साथै स्थानीयतहका नगरपालिका र गाउपालिकाका स्थानीय बिपत ब्यवस्थापन समितिसंग सहकार्य गरि बिपतको बेलामा बच्न सबैमा सुचना जारि गरि आग्रह गरेको छ ।
सुख्खा र भिरालो जमिन भएको कारण सानो पानिले पनि ठुलो बाढि र पहिरो ल्याउन भएको कारण जिल्लाको सबै क्षेत्र बर्षाको समयमा जोखिम पूर्ण रहेको छ ।
साना खहरे खोलाहरु पनि बर्षाको समयमा अत्याधिक बढ्ने र बाढि आइ लाखौको क्षेति पुर्याउने गरेकोले खोला तथा नदिको किनाराका बस्तिहरु र पहिरोका जोखिमका बस्तिहरुलाइ सचेत रहि सुरक्षित स्थानमा बसोवासको ब्यवस्था गर्न स्थानीय सरकारलाइ अनुरोध गरेको प्रजिअ थापाले जानकारी दिए ।
जिल्लाको सदरमुकाम दुनै भेरि नदिको किनारमा रहेकोले डुवानको जोखिममा रहेको छ भने अन्य गाउका बस्तिहरु पहिरो र बाढिको खतरामा रहेका छन । डोल्पाका पाहाडा र जुफालको डागीवाडाका बस्तिहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । जहा पूरै बस्तिहरु पहिरोको जोखिममा रहेका छन जिल्ला प्रशासनले बेलाबेलामा बस्ति स्थानान्तरण गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।
जिल्लामा बाढि तथा पहिरो र अन्य प्राकृतिक बिपत्ती परेको खण्डमा तत्काल उद्धारका लागि बिपत उद्धार टिमको ब्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार प्रहरीले मात्रै सबै क्षेत्रमा उद्धार गर्न नसक्ने भएकोले सबै स्थानीयतहमा टोलटोलमा आपतकालिन उद्धार टोली तयार गर्नु पर्ने सुझाब दिएको छ । त्यसो भएमा मानवीय तथा आर्थिक क्षेति कम हुने प्रहरीको दावी छ । रामचन्द्र न्यौपाने










