त्रिपुरा सुन्दरी नगरको प्राथामिकताःआन्तरिक सडक बिस्तार देखि धार्मिक पर्यटन पद मार्ग निर्माणसम्म

रामचन्द्र न्यौपाने
त्रिपुराकोट(डोल्पा) / यहाँको त्रिपुरा सुन्दरी नगरपालिकाको प्रस्तुत गरेको आर्थिक बर्ष ०७५÷७६ को निति तथा कार्यक्रममा आन्तरिक सडक र फलफुल खेतीलाई प्राथामिकतामा राखिएको छ ।
नगरको केन्द्र कोटबगरमा आयोजित दोस्रो नगर सभा उद्घाटन कार्यक्रममा आगामि आव ०७५÷७६ कालागि नगर उप प्रमुख चन्द्रा कुमारी बुढाले ३१ करोड ३ लाख ६६ हजार ६ सय ८० रकमको बजेट प्रस्तुत गर्नु भएको हो ।
जस अन्र्तगत अनुदान तर्फ १५ करोड,३९ लाख ४५ हजार ,चालु तर्फ ४ करोड ८१ लख ९१ हजार,पुँजीगत तर्फ ८ करोड ३८ लाख २५ हजार र आन्तरिक श्रोतबाट २ करोड ४४ लाख ५ हजार छ सय ८० रहेको छ ।
बजेट निति तथा कार्यक्रममा नगरभित्रका आन्तरिक सडक निर्माण तथा स्तरबृद्धि एवम ब्यबसायिक फलफुल खेतीलाई प्रमुख प्राथामिकतामा राखिएको छ ।
नगरलाई फलफुल खेतीबाटै समृद्ध बनाई नगरबासीलाई ब्यबसायिक बनाउँदै आयआर्जनमा बृद्धी गर्न अंगुर,ओखर,स्याउ र सिवकथ्रोनको व्यबसायिक उत्पादन गर्दै जोड दिईएको छ ।
यसैगरि प्रस्तावित बजेट निति तथा कार्यक्रममा उज्यालो कार्यक्रम अन्तर्गत नगरका सबै गाँउ बस्तीहरुमा बत्ति पु¥याउने,स्वास्थ्य प्राविधिक शिक्षातर्फ आर्थिक विपन्न परिवारका बालबालिकालाई बिशेष छात्राबृति उपलब्ध गराईने,निर्माणाधिन अस्थामा रहेको मसिने चौर बिमानस्थललाई छिटो भन्दा छिटोे संञ्चालनमा ल्याएर हवाईसेवा सहज बनाईने,गृहणी स्वास्थ्य सुधार अन्तर्गत नगरका प्रत्येक घरमा सुधारीएको चुलो बितरण गरिने,बिकासको मेरुदण्ड शिक्षा क्षेत्रको बिकासकालागि प्राविधिक शिक्षा क्याम्पसको स्थापना गरिने,साठीबर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य चेकजाँजको ब्यबस्था मिलाईने,ल एकघर एक गाँउ ब्यबसाय अन्तर्गत उन्नत जातका तरकारी उत्पानकालागि अनुदान दिने,जुम्ला,मौरेहुँदै मुक्तिनाथ पर्यटन मार्ग निर्माण गाएतका कार्यक्रमहरु निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बजेट प्रति असुन्तुष्टि
आगामि आव ०७५÷७६ को प्रस्तावित बजेट निति तथा कार्यक्रम समावेशी र ठोस बिकासको आधारमा नभई राजनितिक पहुँचका आधार ल्याईएको भन्दै बिपक्षि दलका वडा अध्यक्षहरुले असन्तुष्टि ब्यक्त गरेकाछन् ।
आगामि आव ०७५÷७६ को प्रस्तावित बजेट निति तथा कार्यक्रममा असन्तुष्टि जनाउनेहरुमा काँग्रेसबाट निर्वाचित वडा नं १ का अध्यक्ष कर्मसिँह थापा,वडा नं ९ का रमा बोहोरा,वडा नं १० रण बहादुर धरला,वडा नं ८ का धन रावत रहेकाछन् ।
प्रस्ताबित बजेटप्रति नेकपाबाट निर्वाचित वडा नं ५ का धर्मजित बुढा र वडा नं ६ का नवराज बुढाले समेत असुन्तष्टि जनाएकाछन् ।
त्यस्तै सत्ता पक्षकै तत्कालिन एमालेबाट निर्वाचित वडा नं ११ बाट निर्वाचित विश्वचन्द्र डसालले भुगोल पिछडिएको क्षेत्रका आधारमा बजेज बिनिवयोजनको सहमति नजुटेपछि जनसङ्ख्याका आधारमा बजेट ल्याईएको र बिपक्ष अध्यक्षको माग संबोधनकालागि बन्द सत्रमा बजेटमाथी छलफल गरिने उनले बताए ।
नगर सभा उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सांसद बद्मी क्वाँरी बुढाले नगर सभाले समेट्न नसकेका ठुला पुँजी लाग्ने बिकास निर्माणकालागि प्रदेश सरकारसँग पहलगर्ने बताईन ।
नगर प्रमुख बुढाले दोस्रो नगरसभा उद्घाटन समारोहमा बोल्दै नगरलाई फलफुल र जडिबुटीको ब्यबसायिक खेतीबाट मात्रै आत्मनिर्भर बनाउन सकिने भएकाले नगरको बजेट बिशेष गरि फलफुल उत्पादनमा केन्द्रित रहेको बताए ।
यससँगै शिक्षा,स्वास्थ्य,संञ्चार,बिद्युत र यातायातको बिकासकालागि बिशेष योजनाका साथ अगाडी बड्ने उनको भनाई छ ।
नगरका प्रमुख ओम बहादुर बुढाको अध्यक्षतामा भएको दोस्रो नगरसभाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सांसद बद्मी क्वाँरी बुढाले अंगुर बुटामा पानी हाल्दै ब्यानर खोलेर गर्नु भएकोे थियो भने बिशेष अतिथिको रुपमा गणेश बहादुर शाही लगाएतका अतिथिको उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!