पेस्तोल सहित पक्राउ

जाजरकोट । यहाँको भेरी नगर पालिका वडा नं ३ स्यालाका ३२ वर्षीय तिलक सुनार पक्राउ परेका छन् ।

घरमा अवैध हातहतियार राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले सुनारको घरमा खानतलासी गर्दा १ थान पेस्तोल , १ थान म्याग्जिन र त्यसमा लाग्ने ४ थान गोली बरामत भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

निज सुनारलाई वुधबार विहान प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट हात,हतियार तथा खरखजना मुद्दा शिर्षकमा ७ (सात) दिन म्यादथप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!