गुम्बाबाट बुद्ध मूर्ति चोरी

डोल्पा ः डोल्पाको थासोङछोलिङ गुम्बाबाट बुद्धका आधा दर्जन मूर्ति चोरी भएका छन्। शे–फोक्सुन्डो गाउँपालिकाको रिग्मो गाउँको थासोङछोलिङ गुम्बाबाट आधा दर्जन बुद्धका मूर्ति चोेरी भएका हुन्।

यार्सागुम्बाको समयमा गुम्बका शांखे लामा र रिग्मो गाउँका सबै स्थानीय यार्सा टिप्न पाटन गएका बेला गुम्बाबाट आठ वटा बुद्धका मूर्ति चोरी भएको स्थानीय आङबहादुर लामाले जानकारी दिए। चोरी भएका मूर्तिमध्ये एउटा साढे एक फिटको र अन्य सातवटा मूर्ति साना कदका छन्। स्थानीय र लोटोई लामा यार्सा टिप्न पाटन गएको मौका पारी गुम्बाबाट मूर्ति चोरी भएका हुन्।

गत बिहीबार गुम्बाको ढोका ताडफोड गरी मूर्ति चोरी भएको स्थानीय पदमबहादुर बुढाले जानकारी दिए। ‘जेठ २५ गते घरमा रासन लिन आउँदा सबै ठीक थियो। तर बिहीबार हराएको पत्तो लाग्यो। यार्सा संकलन गर्न आएकै मानिसले फर्कंदा चोरी गरेका हुन सक्छन्’, उनले भने।

रिग्मो गाउँको थासोङछोलिङ गुम्बाबाट आधा दर्जन बुद्धका मूर्ति चोेरी भएका हुन्। शे–फोक्सुन्डो तालछेउमा रहेको रिग्मो गाउँका प्रमुख लामा शांखे लामा र लोटोई लामाले हेर्दै आएको थासोङछोलिङ गुम्बाबाट बुद्धका मूर्ति चोरी भएको लिखित उजुरी नआएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए। हराएका बुद्ध मूर्तिबारे स्थानीयबाट लिखित उजुरी नआए पनि प्रहरीले सुरक्षा कडाइ गरेको छ। यार्सा टिप्ने समयमा माथिल्लो डोल्पाका अधिकांश बहुचर्चित गुम्बाबाट मुर्ति चोरी हुने गर्छन्।

सुरक्षाकर्मी र सञ्चारको कुनै पनि सेवा नभएकाले पनि माथिल्लो डोल्पाका सयांै वर्ष पुराना पुराना बुद्धका मूर्ति चोरी हुने गरेको स्थानीयको गुनासो छ। यार्सा संकलनको समयमा घरमा ताला लगाएर सबै पाटनमा जाने भएकाले हरेक वर्ष चोरी भइरहन्छ।





error: Content is protected !!