५००० साथी मध्ये ५० ले मलाई गलत देखे  लेखे धन्यवाद

नरवहादुर कार्की

प्रब्रित्ती बारे मेरो धारणा माथि प्रतिकृया आउने क्रम जारी छ । ५००० साथी मध्ये ५० ले मलाई गलत देखे  लेखे धन्यवाद । मेरो काम र मेरो बिचार केक्ष् स्तर बारे पनि प्रश्न गरिए, म सकारात्मक सोच, रुपान्तरणको क्षेत्रमा काम गर्ने भएकोले यो प्रकरणमा म मौन हुनु वा प्रकरणका पात्रको समर्थक हुन जरुरी थियो भन्ने अपेक्षा पनि देखे । खास गरी जो मैले प्रशिक्षण गरेका मित्र हरुको मत देख्ने मौका पाए, उहा हरुको रुपान्तरण, सकारात्मक सोच बारेको बुझाईले म आफु भ्रममा रहेको देखायो । मेरो भ्रम यो रहेछ कि मैले ुदेश कसरी चल्छ भन्ने साक्षरता सबैमा होला भन्ने ठानेको रहेछुु । सरकारको आफ्नो सिस्टम, जनताले बनाएका लोकतान्त्रिक बिधिहरु, राज्यका चार अङ्ग अनी कार्यन्वयन गर्ने इकाइहरुले आफ्नो दायित्व र शक्तिको प्रयोग गरेरै देश बन्दछन । नेपालमा टिभी हेरेर, युट्युब र सामाजिक सन्जाल बाट मात्र जनमत जनधारणा र चेतना बन्दैन, यो देशको सामाजिक नियम सत्ताले बनाउने नियम भन्दा शक्तिशाली छन जस्तो कि छाउगोठ, भुत, बोक्सी, छुवाछुत, लैङ्गिक बिभेद ।

एउटा अर्को सामाजिक अन्ध्बिश्वास र भ्रम छ कि सरकार र कर्मचारी लाई गाली गरेर देश परिवर्तन हुन्छ । लामो कुरा याद छैन गत घण् बर्ष देखिको हाम्रो ुगाली, दोषारोपन, त्रुटी समात्ने, उजुरी गर्ने, कजोरी पत्तालाउने, उछित्तो काढ्ने, राष्ट्रवादी कथान भरेर, झण्डाको दुरुपायोग गरेरु सिस्टम सप्रिन्छ भन्ने किस्ता किस्ताका नकरात्मक प्रयास भये हुँदैछन । यो तमासा अरुलाई रोमान्चकता पूर्ण लाग्ला मलाई लाग्दइन किनकी म हाम्रा अस्पताल, स्कुल, प्रहरी र सेवा प्रदायक डरले होइन ब्यबस्थाका औजारले चलेको देख्न चाहन्छु । म सत्तरी जिल्ला पुगेको छु, झन्डै १५०० गाउ । हामीले समुदाय र सिस्टम मिलेर काम गर्न र सपना देख्न सिकायौ, १४०० जती प्रसुती केन्द्र समुदाय आँफैले बनाएर हुन, तेस्मा कोही देउता बन्न जरुरी छैन । पूर्णखोप अभियान समुदाय र सिस्टम मिलेर गर्दैछ किनकी हामीले को गलत र कस्ले बिगारयो भन्ने बहस बाट निस्केर ु कसरी सम्भव बनाउन सकिन्छुरु सोच्न सिकायौ । मेरो काम र कामको दर्शन बारे प्रकरणमा जोडेर नहेर्नुस् । डरलाग्दो फिल्मि शैलिको परिवर्तन र मिथुनको पालाको हिरोले गर्ने चम्त्कारीक एउटा बिशिष्ट घटना चुनेर त गर्न सकिन्छु तर यसले परिवर्तन सम्भावना को ध्यान खपत गरिदिन्छ । अर्को कुरा समाज आँफै समाधान हो भन्ने नभै बहस र समाधान फेरी केन्द्रमा आउछ जुन ब्यबस्था बिरुद्द नेपाल लडेको थियो । पढेलेखेकाहरुले दुनियाँका एउटा देश देखाउनु जो दाताले बनाएको छ, एउटा देश देखाउनु जो सत्ताले बनाएको होइनरुरुरु यसको मतलब सत्तालाई प्रश्न गर्नु हुँदैन भन्ने होइन, सत्यमेव जयेते भन्ने शो हेर्नुभो होला तेस्मा कसरी सरकार र सरोकार्वालालाई सम्बोधन र दायित्व बोध गराइन्छ, कसरी आम मान्छे भित्रको नायक र आम मान्छे भित्रको बिक्रिती महसुस गराइन्छ ।

तपाईंलाई के थाहा छैन भन्ने अहिले थाहा छैन, पछी थाहा हुन्छ । अनी मलाई पूर्ण मानव हुनुको, महान हुनुको, बिद्द्वान हुनुको बिश्वासि भारी नबोकाउनोसु । जे हुँदा आफु नायक लाग्छ त्यो हुनुस्, अरुलाई नायक वा खलनायक बनाउन छोडनोस । म उग्र मान्छे होइन तर आफुलाई अनौठो क्रान्तिकारीु मान्छु, यही मेरो परिचय र काम थुप्रै देशमा जारी छ । मैले देखेको कल्पनाको नायक तो आम मान्छे हुन्छन जो कथाको लाइन होइन पुरै कथा पुनर्लेखन गर्न सक्छन, अरु माथि आश्रित भएर मान्छे ु निष्कृय प्रापक वा रैती भएको देख्नु छैन चाहे अधिकार को खोजिको लागि होस् चाहे ब्यबस्था सँग लडने ।





error: Content is protected !!