सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह

काठमाडाँै, प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट र भ्रामक सामग्री पोष्ट नगर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीहरूलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी विषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएकाले त्यस्तो नगर्न सवै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरूमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

अशिष्ट, असभ्य भाषामा कुनै व्यक्ति, संघ–संस्थाबारे आधार, प्रमाणबिनाका तथ्यहीन सामग्री पोष्ट गर्दा बिद्युतीय कारोबार ऐन–२०६३ आकर्षित भई सोहीअनुसार कारबाही हुने व्यवस्था रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न सञ्चारकर्मीलाई भनेको छ ।

सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपालीहरू स्वदेश फिर्ता ९डिपोर्ट० हुनसक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धान गर्न सकिने सरकारी प्रावधान रहेकाले सो कुरालाई ध्यानमा राख्न प्रेस काउन्सिलले सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरेको छ ।

काउन्सिलले विद्युतीय सञ्चार माध्यम स्वअनुगमनलाई प्रविधियुक्त बनाई नियमितरूपमा आफ्नो कर्तव्य पालन गर्दै आएको छ भने छापा माध्यमलाई समेत विद्युतीय प्रविधिमा लैजाने तयारी भैरहेको सहप्रशासकीय अधिकृत खनालले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!