काश्मिरमा गोली हानाहान हुँदा छ जनाको मृत्यु

श्रीनगर, काश्मीर, ः भारत नियन्त्रित काश्मिरमा भएको गोली हानाहानमा परी शुक्रबार कम्तीमा छ जना मारिएका छन् ।
मारिनेमा चार जना लडाकू, एक जना प्रहरी र एक जना आम नागरिक रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
लडाकू र सरकारी सुरक्षाकर्मीबीचमा भएको झडपका क्रममा अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।
श्रीनगरदेखि ५९ किलोमिटर टाढा पर्ने श्रीगुफ्वाराको न्युशेरा भन्ने ठाँउमा घटना भएको अधिकरीहरूले बताएका छन् ।
स्थानीय एक वरिष्ठ प्रहरी अधिकृतले प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको पुष्टी गर्दै आम नागरिक एक जना र चार जना लडाकू मारिएको जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!