त्रिपुराकोटमा टोलटोलमा प्रहरी अभियान

त्रिपुराकोट(डोल्पा) ७ असार – यहाँको त्रिपुरा सुन्दरी नगरपालिकामा टोलटोलमा प्रहरी अभियान शुरु गरिएको छ ।
नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा बिहिवार जनप्रतिनिधि,बुद्धीजीवी,नागरिक समाज,व्यापारी,कर्मचारी संञ्चारकर्मी लगाएतको सरोकारवालाको उपस्थितिमा बजार परिक्रम गर्दै अभियानको शुरुवात गरिएको हो ।
गाँउघर टोल सफा राखौँ,लागुपदार्थ सेवन नगरौँ,अपराधिक सुचना प्रहरीलाई दिउँ,नागरिक प्रहरी एक हौँ जस्ता दर्जनौ नाराबाजी सहित बगर बजार परिक्रम गरिएको थियो ।
स्व्चछ,शब्य र शान्तिपुर्ण समाज निर्माणकालागि प्रहरी टोलटोलमा पुग्ने त्रिपुराकोट चौकीका प्रहरी नायव निरीक्षक रोमहर्स सिजवालले बताउनुभयो ।
जनताको सेवामा लाग्न प्रहरी सँधै तत्पर रहेकाले प्रहरीलाई टाढाको नसोचेर साथीको रुपमा सोच्न् पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै अन्र्तपाटी महिला संञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउनेले घरेलु मदिरा उत्पादन र बिक्रिवितरण न्युनिकरण गर्ने प्रहरीको अभियान स्वागतयोग्य भएको बताउनुभयो ।
घरेलु मदिरा उत्पादन ग्रामिण क्षेत्रका अधिकाशं महिलाहरुको रोजीरोटीसँग जोडिनुका साथै घरेलु मदिरा बेचेरै बालबच्चाको पढाईखर्च जुटाउन गर्नुपर्ने बाध्यता भएकाले एक्कासी बन्दगर्नु भन्दा पनि बिस्तारै न्युनिकरण गर्दै लैजानुपर्ने उहाँको भनाई छ ।
रामचन्द्र न्यौपाने










