समाज भुत आयो भन्दै बेहोस हुँदै छात्रा, पठनपाठन प्रभावित

जाजरकोट ः यहाँको छेडागाड नगरपालिका–१२ स्थित नारायणी माध्यमिक विद्यालयका एक हप्ता देखि विद्यार्थीहरु बिरामी पर्न थालेपछि पढन, पाठन अवरुद्ध हुँदै आएको छ।
बिहान ११ बजे देखि ३ बजे सम्म विद्यालयमा कक्षा ७ देखि कक्षा १० सम्मका छात्राहरु भुत आयो भन्दै कराउँदै बेहोस हुने गरेको सहायक प्रधानाध्यापक उत्तम हमालले जानकारी दिए। छात्राहरुले यस्तो अनौठो व्यावहार देखाउन थालेपछि दैनिक शैक्षिक गतिविधी राकिएको हमालले जाकारी दिए। विद्यालयमा धामी, झाक्री ल्याएर पुजा, आजा गरेपनि सन्चो नभएको वडा अध्यक्ष प्रेमवहादुर खत्रीले जानकारी दिए। विद्यालय दैनिक खोल्ने र बन्द गर्ने काम हुँदै आएको अध्यक्षको भनाइ छ।
छात्राहरु बिरामी हुने क्रम नरोएपछि अभिभावक समेत चिन्तामा परेका छन्। पेट दुख्यो भन्दै एक्कासी कक्षा कोठामै छात्राहरु ढल्दा उनीहरुको हेरचाहमै दिन बित्ने गरेको अध्यक्ष खत्रीको भनाइ छ। विद्यालयमा दैनिक ५ देखि १२ जना सम्म विरामी हुने गरेका छन्।








