चौरजहारी नगरपालिकाले गर्यो रंगशालाको फोहर व्यवस्थापन

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले रङ्गशालाको फोहर व्यवस्थापन गरेको छ । प्रथम चौरजहारी पर्यटन ब्यापार तथा सांस्कृतिक महोत्सव सञ्चालनको बेला रंगशालामा थुप्रिएको फोहोरमैला नगरले ब्यवस्थापन गरीएको हो ।
गएको जेष्ठ १८ गते देखि संचालन भएको प्रथम चौरजहारी पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवको समापन पछि रगंशालामा फोहोर थुप्रिएको थियो । रगंशालामा थुपारिएको फोहोर व्यवस्थापन गर्नै जिम्मेवारी आयोजकको भएपनि त्यसो नगर्दा नगरपालिकाले नै फोहर व्यवस्थापन गरेको निमित्त प्रमुख प्रशाशकिय अधिकृत प्रदिप सुनारले जानकारी दिनुभयो । फोहोरका विषयमा सामाजिक संजालमा बिरोध हुँदै आयको थियो ।










