बाँकेकी २३ बर्षिया पत्रकार अनुपासिंह राजबंशीको कसरी भयो मृत्यू

नेपालगन्ज । नेपालगन्जका पत्रकार अनुपा राजबंशीको निधन भएको छ ।

स्थानीय बागेश्वरी टेलिभिजनका समाचार वाचिका राजबंशीको गएराती निधन भएको हो । नेपालगन्जको सुर्खेतरोडमा रहेको सिग्नेट इन कृष्णा होटेलले आयोजना गरेको डान्स पार्टीमा सहभागी २३ बर्षिया राजबंशी डान्स गर्दा गर्दै लडेर बेहोस हुनुभएको थियो ।

तत्काल उहाँलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उहाँको मृत्युको कारण खुल्न सकेको छैन् ।

रेडियो हुदै टेलिभिजन पत्रकारितामा क्रियाशील बाँके खजुरा गाउँपालिका–३ की राजबंशी विगत ७ बर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो ।




सम्बन्धित समाचार


error: Content is protected !!