एक बर्ष चल्ने भयो सरसफाई महाअभियान

काठमाडौं–सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ ।
महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उदघाटन गरे ।
उदघाटन कार्यक्रममा महराले हरेक नागरिक, टोल, इकाई, जिल्लाहुँदै सिंगो देश स्वच्छ हुन सक्ने बताए ।
उनले वातावरण स्वच्छ बनाउन हरेक नागरिकले आफैंबाट सुरु गर्नुपर्नेमाजोड दिए ।
‘सरसफाई आफैंबाट सुरु गरौं । एक एक इकाईबाट समूह बन्छ । सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर वातावरण स्वच्छ हुन्छ’, उनले भने ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो घरको आँगनमा फोहोर फालेर सरकारलाई गालीग र्ने प्रवृत्तिबाट मुक्तभएर घर, टोल तथा समाजलाई नै स्वच्छ बनाउननागरिक आफैं सक्रियभएर लाग्नुपर्ने बताए ।
उनले आफ्नो घर आफैं सफानर्ग आग्रहगर्दै घर वरिपरि सरसफाईनगर्ने र सडकमा फोहोर फाल्नेको घरमा सरकारले मानिस पठाउने र त्यसको भुक्तानीका लागि सम्बन्धित घरधनीको माबिल पठाइने चेतावनी दिए ।
मन्त्री बस्नेतले सरसफाई अभियान अब नरोकिने भन्दै त्यसमा कसैले अवरोध गरे कडा कराबाही गरिने स्पष्ट गरे ।










